माओवादी केन्द्रिय समिति बैठक सकिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिदैँछन् । गत बुधबार देखी जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम सकिए पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । 

हालसम्म माओवादीका झन्डै २ सय केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । पार्टी नेतृत्वको चर्को आलोचनासहित नेताहरुको सम्पति छानबिनसम्म बहस भएका छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका ’boutमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन