काठमाडौं । लायन्स क्लब अफ काठमाडौं चाबहिल सिटीले पहिलोपटक वातावरण सचेतना सहितको स्वास्थ्यकालागि हाइकिंग कार्यक्रम सम्पन्न गरेको छ । समाज सेवामा समर्पित लायन्स क्लबको विश्वब्यापी नारालाई सार्थक बनाउन सक्रिय लायन्स क्लब इन्टरनेसनल ३२५ एफ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीले लायन्स क्लब नेपालको इतिहासमा पहिलोपटक वातावरण सचेतना सहितको एकदिने हाइकिंग कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाडौँ इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्ट (किप) को समेत सहभागितामा शनिबार बिहान सुन्दरीजलबाट हाइकिंग सुरु गरि बाटोमा रहेका नकुहिने प्लास्टिक लगायतका फोहोर टिप्दै सहभागीहरुले फोहोर ब्यबस्थापन गरेका थिए ।
कार्यक्रममा काठमाडौँ चाबहिल सिटी लायन्स क्लबका अध्यक्ष लायन जिम्बाजाङ्बु शेर्पाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज भित्रको मनोरम दिृस्यावलोकन नियाल्दै र वातावरण संरक्षणप्रति लायन्सहरुले गर्दै आएका योगदान र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका ’boutमा जानकरी गराएका थिए ।
जलबायु परिवर्तनको असरले विश्वब्यापी रुपमा तापक्रम बढिरहेको र मानवजिवनमा नकारात्मक असर परिरहेको प्रति ध्यान दिदै वातावरण संरक्षणमा सबै व्यक्तिले आ–आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउनुपर्ने भन्दै उनले यस क्लबले वातावरण संरक्षणकालागि वृक्षारोपण लगायत विभिन्न जनचेतना मुलक कार्यक्रम आयोजना गर्ने बताए ।
हाइकिंगका संयोजक लायन सुरेन्द्र अधिकारीले वातावरणीय सचेतना मुलक हाइकिंग कार्यक्रमलाई अझै ब्यबस्थित र सहभागिता मुलक ढंगबाट अघिबढाउन आफुहरुले सक्दो प्रयास गर्ने बताए ।
सो हाइकिंग कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीका लायन्स सदस्यहरु लगायत अन्य सदस्यहरु गरि २४ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो । काठमाडौको उत्तरीभेग सुन्दरीजलबाट सुरु भयको हाइकिंग जंगल भित्रको प्राकृतिक मनोरम वातावरण छिचोल्दै शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिरमा पुगेर समापन भएको थियो ।
सो हाइकिंग कार्यक्रमका सहभागीहरुले साउन महिना निकुन्ज भित्रको हरियाली वातावरण,खोलानाला,झरना र चराहरुको चिरबिर आवाजले आफुहरुको हाइकिंग यात्रा निकै रमाइलो र स्मरणलायक बनाएको बताएका थिए ।