Sunday, June 7, 2020
Home Uncategorized सभामुखद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह

सभामुखद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।

उनले आज एक अपिल जारी गर्दै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा रहेर डटिरहनुभएका स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीको उच्च प्रशंसा गरेका छन्र् । सभामुख सापकोटाले ‘लकडाउन’बाट प्रभावित विभिन्न क्षेत्रका समुदायलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि बढाएकामा प्रशंसा गर्दै दैनिक ज्यालामा निर्भर नागरिकका लागि राहतको उचित प्रबन्ध गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सबैले बाह्य क्रियाकलाप बन्दाबन्दी अर्थात लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको बताउँदै उनले यो सङ्क्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन सबैमा अपिल गरेका छन् । सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेको, अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध भइरहेको तथा विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ । अपिलमा उहाँले देशभित्र र बाहिरबाट प्रतिष्ठान र व्यक्तिगत रूपमा भइरहेका सहयोगको सराहना गर्दै थप सहयोग परिचालनको आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको गत फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको अवगत गराउँदै थप पहलकदमीका लागि सङ्घीय संसद् सदैव तयार रहेको बताएका छन् । यो महामारी निश्चय नै लामो समय नरहने तर, यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा हामै्र सामूहिक प्रतिबद्धतामा निर्भर रहने उल्लेख गर्दै उनले आत्मानुशासन कायम गर्न र यो महामारीलाई परास्त गर्न आह्वान गरेका छन् ।

(Visited 57 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

भर्खरै

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)