काठमाडौं । बिद्यालयदेखि महाविधालयसम्मको पाठ्य सामग्रीमा नेपाली सुगम तथा लोक संगीत समेटिनुपर्ने माग संगीतकर्मीहरुको छ । मंगलबार राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजना गरेको ‘संगीत शिक्षाको महत्व’ विषयक अन्र्तक्रिया कार्यक्रममा सँगीतकर्मीहरुले यस्तो माग उठाएका हुन् ।
काठमाडौंको कपन स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा भएको सो कार्यक्रममा संघका महासचिव योगेन्द्र उपाध्यायले नेपाली संगीतको बजार बृहत भएर पनि शिक्षामा यसले अन्य बिषयको तुलनामा स्थान नपाएको बतताए ।
संगीतमै स्नातकोत्तर गरेका योगेन्द्रले भने,‘हरेक स्कुलमा नाचगान त हुन्छ तर यसको औपचारिक शिक्षा हुँदैन । यदि स्कुलबाटै संगीतको औपचारिक अध्ययन गरेर संगीतमा लाग्ने हो भने गायनमा धेरै नै सफलता हाँसिल गर्न सकिन्छ ।’
अनौपचारिक शिक्षा र औपचारिक शिक्षा बिचको भिन्नता केलाउँदै उनले स्कूलबाट नै संगीतको औपचारिक पठाई हुनुपर्नेमा जोड दिए,‘पछिल्लो समय संगीतको औपचारिक अध्ययन गर्न बिद्यार्थीहरुको संख्या दिनानुदिन बढीरहेको छ । जग बलियो बनाउनका लागि स्कूलबाट नै संगीतको औपचारिक अध्ययन आवश्यक भएकाले सँगीत शिक्षालाई विधालयकै कोर्समा समेट्न हाम्रो माग रहेको छ ।’ अहिले प्लस टु बाट मात्र संगीतको औपचारिक अध्ययन गर्न पाइने व्यवस्था भएको पनि उनले बताए ।
संगीत सिकेर मात्र संगीतमा लाग्नु पर्ने कुरा आफुले रियालिटी शोमा भाग लिएपछि महसुस गरेको भ्वाइस अफ नेपाल किड्स सिजन २ का उपविजेता रिजन डाँगीले कार्यक्रममा बताए,‘ विद्यालय स्तरमा संगीतको औपचारिक पाठ्यक्रम नहुँदा मैले संगीतको सैद्धान्तिक ज्ञान लिन पाईन् । यो रियालिटी शोमा मैले त्यो सौद्धान्तिक ज्ञानको अभाव महसुस गरेँ ।’ त्यसैले स्कुलबाटै पाठ्यक्रममा संगीत पनि राख्न उनले आग्रह गरे ।
कार्यक्रममा एकेडेमीका सहायक प्रिन्सिपल दामोदर निरौलाले स्कुलको पाठ्य सामग्रीमा संगीत नराखिएको भए पनि आफुहरुले बिधार्थीहरुलाई संगीत शिक्षक राखेर औपचारिक ज्ञान दिँदै अएको बताए ।संगीत शिक्षाको महत्व’bout आफु पनि सचेत रहेको जनाउँदै स्कूलका लागि संगीतको पाठ्यक्रम बिकास हुनुपर्ने पक्षमा रहेको निरौलाले कार्यक्रममा बताए ।
कार्यक्रममा राष्ट्रिय सष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, पिम नेपालका अध्यक्ष माधवराज खरेल, चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष बिष्णुप्रसाद सुबेदी, संगीत शिक्षक सुवास चन्द्र जोशी, शिक्षक श्रीधर पौडेललगायतले संगीत शिक्षाको ’boutमा आ–आफ्नो धारणा राखेका थिए । बिभिन्न कक्षामा अध्ययनरत् दुई सय भन्दा बढी बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमका बिद्यार्थीहरुले समेत संगीत शिक्षा’bout चासो राखेका थिए ।






