आप्mनै इच्छाले प्राण त्याग गर्नुलाई सुसाइड वा आत्महत्या भनिन्छ । सुसाइड विश्वव्यापी समस्या हो । कस्तो आश्चर्य † मानिसले इच्छाले नै मृत्युलाई अगाल्दछ । आप्mनै निर्णयले प्राण त्याग गर्दछ । सुन्दर जीवन कौडीको मूल्यमा प्mयाक्दछ । आखिर किन ? के पाउन ? कसलाई देखाउन ? वा आत्म सन्तुष्टिका लागि ? त्यसो त आत्ध्यात्मिक चिन्तनको दृष्टिकोणबाट हेर्दा मानिसको जन्म, विवाह र मृत्यु जन्मदेखि नै अकाट्यरूपमा आएका विषय हुन् भन्ने छ । मानिसले चाहेर वा नचाहेर यो भाग्यरूपी घटनालाई बेहोर्नुको कुनै पनि विकल्प छैन, भनिन्छ । मृत्युको सम्बन्धमा अर्को पनि दृष्टिकोण छ, अकाल मृत्यु । मानिसले होस गुमाउँदा अकालमा ज्यान गुमाउँछन् भन्नेहरू पनि छन् । जहाँसम्म आत्महत्याको कुरा छ, यो त व्यक्तिको नितान्त निजी निर्णय हो । यो पनि अकाल मृत्यु नै हो । अविवेकी अभ्यास हो । होस गुमाएर जोसमा गरिएको नितान्त अप्रिय निर्णय हो । अर्थात् मृत्युलाई आफंैले निम्त्याउनु हो ।
जीवनको मूल्य बुझेकाहरू भन्छन्, ‘मानव जीवन भगवानको वरदान हो । यो जीवनलाई आप्mनो क्षमता, दक्षता, वुद्धि, विवेकले सजाउनुपर्छ । जीवन आप्mनै तरिकाले रंगाउनु पर्दछ । हरेक क्षणमा आइलाग्ने दुःख, पीडालाई अल्पकालीन रूपमा बुभ्mनुपर्छ । लड्नु, उठ्नु, धुलो टक्टक्याउनु र फेरि संघर्ष गर्नु जीवनको खेल हो । यो खेल नभए जीवनको के अर्थ ? यो सुन्दर जीवनको नोक्सान गर्ने कर्म जीवनको अर्थ नबुभ्mनेबाट मात्र हुन्छ । जीवन ईश्वरको वरदान हो । बिगार्नुहुँदैन । जीवनमा आइपर्ने बाधा व्यवधानहरू पर्गेल्नुपर्छ । विकल्पहरू खोज्नुपर्छ । खोजी गर्दा एक्लो प्रयासले समाधान हुन नसक्ने अवस्था आइपरे अरूको सहारा लिनुपर्छ । जीवनको निर्देशक विवेक हो । जीवनयात्रामा विवेकको प्रयोग गर्नुपर्छ । मुख्र्याइँ गर्नुहुँदैन । आवेसमा जीवन प्mयाक्नुहुँदैन ।’
आत्महत्या व्यक्तिको नितान्त अविवेकी निजी निर्णय हो, अकाल मृत्यु हो
मानिस सामाजिक प्राणी भएकाले उसको जीवन निजी मात्र पनि होइन, यो जीवनसँग परिवारजन, आफन्तजन, समाज र सिंगो देश पनि जोडिएको हुन्छ । जीवनमा सकिन्छ भने सबैको भलो हुने काम गर्नुपर्छ । सकिँदैन भने अरूको कुभलो चिताउनुहुँदैन । जीवनलाई अक्षरमा होइन, भावमा बुझेकाहरू भन्छन्, ‘प्राणहत्या मानिसको ठूलो कमजोरी हो । महाभूल हो । अस्वाभाविक निर्णय हो । कुविचार हो । कुकृत्य हो ।’ तर, पनि जीवनलाई बुभ््mने तरिका कहाँ एउटै हुन्छ र ? जति अप्रिय र कुविचारको नतिजा भए पनि सुसाइड गर्नेहरूको संख्या व्यापक छ । मर्ने कसैको रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन भन्ने गीतको भावलाई गलत सावित गर्दै रहरले मर्नेलाई न त विकास र सम्पन्नताले रोक्न सकेको छ । न त चिन्तन र सोचाइले छेक्न सकेको छ ।
आजका विकसित देशमा पनि सुसाइड गर्नेहरूको संख्या व्यापक छ । विश्व राष्ट्रहरूको सुसाइड प्रकरणको तथ्यांकले हरेक देशमा आत्महत्या गर्नेहरूको ठूलो संख्या रहेको देखाउँछ । पछिल्लो तथ्यांकअनुसार आत्महत्याको दर सबैभन्दा बढी दक्षिण अफ्रिकी देश लेथोसोमा प्रत्येक एक लाखमा ७२ दशमलव ४ जना छ भने सबैभन्दा कम क्यारेवियन कन्ट्री बारवुडा र एन्टिग्युवामा शून्य दशमलव ४ रहेको छ । यसैगरी अमेरिकामा प्रत्येक १ लाखमा १६ दशमलव १, जापान १५ दशमलव ३, स्विट्जरल्याडमा १४ दशमलव ५, भारत १२ दशमलव ७, अस्ट्रेलिया १२ दशमलव ५, जर्मनी १२ दशमलव ३, लक्जम्वर्ग ११ दशमलव ३, सिंगापुर ११ दशमलव २, नेपालमा ९, चीन ८ दशमलव १ बेलायत ७ दशमलव ९, साउदी अरेबिया ६, कतार ५ दशमलव ८ जना रहेको देखिन्छ । त्यसैगरी, अन्य देशमा पनि सुसाइड दर भयावय अवस्थामा छ । माथिका तथ्यांकलाई आधार मानेर हेर्दा विकसित, अविकसित, सम्पन्न वा विपन्न, शिक्षित वा अशिक्षित, विद्वान वा मूर्ख सबैले आत्महत्याको बाटो अपनाएको पाइन्छ ।
मानिसलाई यो धर्तीको उत्कृष्ट प्राणी मानिन्छ । हुन पनि आज मानिसको मस्तिष्कको उपजले गर्दा संसार एउटा गाउँजस्तो भएको छ । समाजमा आश्चर्य चकित उपलब्धिहरू उपयोग भएका छन् । आज मानिस आकास, जमिन र जलमा गुडेको छ । पृथ्वीलोकभन्दा बाहिर पनि घुमेको छ । चन्द्रमामा पुगेको छ । मंगल ग्रह र बृहस्पतिमा मानवबस्तीको सम्भावना खोजिरहेको छ । गीत, कविता, कला, साहित्य र दर्शनको सर्जक पनि मानिस नै हो । धर्तीमा लुकेर रहेका खानीखजनाको खोज, अनुसन्धान, उत्खनन, उपयोग गर्ने मानव मस्तिष्क नै हो । के गरेको छैन मानिसले ? यस्तो सिर्जनशील क्षमता भएको मानिसले किन आत्महत्या गर्छ ? किन एक क्षणको निर्णयमा आपूmलाई मेट्छ ? आशावादीलाई लाग्ने आश्चर्यजनक विषय बनेको छ, आत्महत्या ।
सभ्यताको विकास गर्न होस् या विज्ञान र प्रविधिको आविष्कार । चिकित्सा विज्ञानको क्षेत्र होस् या इन्जिनियरिङको क्षेत्र । हरेक क्षेत्रमा मानिसको सिर्जनशील मस्तिष्क प्रयोग भएको छ । जसरी मस्तिष्कले सिर्जना गर्दछ त्यसरी नै बिध्वंश पनि गर्न सक्दछ । यसरी हेर्दा जीवन मन र मस्तिष्कको खेल रहेछ, जस्तो लाग्छ । जब मानिसको मस्तिष्कले जीवनको सुन्दर पक्षको अनुभूति गर्न सक्दैन, जीवन र संघर्षको महत्व बुभ्mन सक्दैन । तब मान्छे जीवनदेखि हार्छ । मनदेखि टुट्छ । हरेक सम्बन्धदेखि फुट्छ । अर्थात् मेन्टल हेल्थमाथि विजय प्राप्त गर्न सक्दैन । अनि आफ्नो अस्तित्वलाई समाप्त पार्दछ । अर्थात् आत्महत्याको बाटो अपनाउँछ ।
भावनामा बाँच्नेहरूले जीवनमा आइपरेका चुनौतीसँग जुध्न असफल हुँदा सुसाइडको बाटो रोज्न पुग्छन्
जीवन कोही कसैको पनि एउटै सिधा रेखामा चल्दैन । दुःख, सुख, पिडा, संघर्ष, छटपटी र हर्ष र वेदना जस्ता रसायनको कारखाना हो जीवन । यो कारखानारूपी जीवनमा उत्पादन भइरहने रसायनले कहिले हसाउँछन् त कहिले रुवाउँछ । कहिले उचाल्छन् त कहिले पछार्छन् । त्यसैले त बूढापाकाहरू भन्छन्, ‘मानिस सुखमा मात्तिनुहुँदैन, दुःखमा आत्तिनु हँुदैन भनेर ।’ जीवनमा मानिसले चाहेका मात्र कुराहरू हुँदैनन् । मानिस सुखको खातिर संघर्ष गरेको हुन्छ । दुःखको खोजीमा कोही पनि हिंडेको हुँदैन । तर, दुःख आइलाग्छ । जीवनमा नचाहेका उतार चढाव आउने गर्दछन् । यी उतरचढालाई स्वीकार गर्न सक्यांै भने यिनीहरूले जीवनलाई बलियो बनाउँछन् । परिपक्क बनाउँछन् । स्विकार्न सकेनौं भने सिध्याउँछन् । पागल बनाउँछन् । बहुला बनाउँछन् । यदि, कतै स्वर्ग वा नर्क भन्ने लोक छ भने उतै पठाउँछन् ।
जसरी काली गण्डकीको ढुंगा लामो समयसम्म बगरमा रगडिएर, किनारामा ठोकिएर मात्र पूजनीय शीला बन्दछ । भगवानको रूपमा पुाजने ईश्वरीय अंश बन्दछ । त्यसरी नै जीवनमा पछारिनु, लछारिनु, ठोकिनु र भावनात्मक रूपमा छियाछिया हुनु भनेको असल मानिस बन्ने लक्षण हो । परिपक्कताको अभ्यास हो । यो कुरालाई हरेक मानिसले बुभ्mनुपर्छ । तर्कवादीहरू भन्छन् ? ‘जीवनमा च्यालेन्ज नै भएन भने बाँँच्नुको के अर्थ ?’ यसो भन्नेहरूको मत छ, मानिसले हिम्मत हार्नुहुँदैन, थाक्नुहुँदैन । तर, भावनामा बाँच्नेहरूले जीवनमा आइपर्ने च्यालेन्जसँग जुध्न असफल हुन्छन् । अनि रोज्छन् मृत्युको बाटो ।
विज्ञान र प्रविधिको विकासले आज समाज बद्लिएको छ । मानिसको जीवनशैली फेरिएको छ । विकाससँगै मानिसका आवश्यकता पनि बढ्दै गएका छन् । उपभोग गर्ने वस्तुहरूमा विस्तार भएको छ । यिनीहरूको परिपूर्तिको लागि मानिसमा धन आर्जन गर्ने लालचको जालोमा भासिँदै गएको छ । लोभले लाभ लाभले विलाप भने झंै लोभमैत्री क्रियाकलापबाट श्रीसम्पत्ति आर्जन भएको होला तर मानिस परिवार, समाज र सद्भावमैत्री व्यवहारबाट एक्लिने संस्कृति बढ्दै गएको छ । पारिवारिक दुःख सुख र आफन्तजनबिच अन्तरक्रिया पातलिँदै गएका छन् । पारिवारिक कलह, सम्बन्ध विच्छेद, आफन्तजनमा दूरी, सम्बन्धमा दरार, आत्मग्लानि आदि कुराहरूले मानसिक बेचैनी बढ्दै गएको देखिन्छ । फलतः आत्म सन्तुष्टिको विकल्प सुसाइड बन्दै गएको छ । जो किमार्थ प्रिय निर्णय होइन ।
मानिसको जीवन कलाकारले बनाएको मूर्ति जस्तो पूर्ण हुँदैन । हरेक मानिसको जीवनमा कुनै न कुनै कुराको अपुग हुन्छ नै । जीवनमा अभाव नै भएन भने जीवनयात्राको गन्तव्य बन्द हुन्छ । सिर्जना रोकिन्छ । यसरी हेर्दा सफल जीवनको सवाल शिक्षा, धन, सम्पत्ति, घर, गाडी, सामाजिक प्रतिष्ठा आदिको मात्र होइन । मुख्य सवाल जीवनलाई बुभ्mने ढंग र जगतलाई हेर्ने तरिकाको हो, सोचाइको हो । त्यसैले पूmलको आँखामा पूmलै संसार भनेझैं सोचाइ सकारात्मक बनाआंै । सुन्दर जीवन खेर नफालौं ।






