काराकारबाट भाग्न खोज्ने बन्दीको मृत्यु

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । बुधबार बिहान जिल्ला कारागारमा दुई जना कैदीबन्दीको रहस्यमय ढंगबाट मृत्यु भएको थियो । सो घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

छानविन समितीको सदस्यमा प्रहरी निरिक्षक सरोज खनाल, प्रशासन कार्यालय नायव सुब्बा तारिणी घिमिरे रहेको छन् । जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकास बलामी रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

गए राति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए । उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्याइएको र सोही अस्पतालमा उनीहरुको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताए । उनको अनुसार अहिले जिल्ला कारागारका ९ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय प्रहरीको हिरासत लगिएको छ । उनीहरुलाई कारागारको वातावरण सहज नभएसम्मका लागि कारागार बाट ठाउँ सारिएको जेलर घिमिरेले बताए ।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले जानकारी दिए ।

उच्चस्तरीय छानविन समिती बनाउन सांसदको माग
जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु प्रकरणमा उच्चस्तरीय छानविन समिती बनाउन सांसदको माग गरेका छन् । प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले उच्चस्तरीय छानविन समिती बनाउन माग गरे । प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले भने –कैदीबन्दीको मृत्यु रहस्यमय घटना छ,यसका लागि उच्चस्तरीय छानविन समिती आवश्यक रहेको बताए । घटनाको ’boutमा गृह मन्त्रालयलाई जानकारी समेत गराइसकेको प्रदेश सदस्य कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम