नेपालमा जल यातायात

नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै ठाउँमा ‘जेट चार्ज’को सञ्चालन हुनसक्यो भने हाम्रो यातायातको विकासमा यो अत्यन्त महत्वपूर्ण कदम हुनेछ । कृत्रिम रूपमा जेट चार्ज उपलब्ध गराएर जलमार्गको सञ्चालन हुनसक्यो भने हाम्रो यातायातको विकासको क्रममा उपलब्धिको महत्वपूर्ण बिन्दुमा पु¥याउने निश्चित देखिन आउँछ । जल यातायातको सम्भाव्यताका लागि प्रारम्भिक परीक्षण गर्दा १५÷१६ वटा ठाउँमा यातायात सञ्चालन गर्नसकिने देखिन आउँछ । जलमार्गको विकास गर्नसकेमा यातायातको विकास हुनुका साथसाथै विदेशी मुद्राको आर्जन, इन्धनको बचत, पर्यटन उद्योगको विकास, मर्मतसम्भार खर्चमा कमी आदि महत्वपूर्ण फाइदा प्राप्त हुन आउँछ ।

नेपालमा खास गरेर छैठौं पञ्चवर्षीय योजना (२०३७–२०४२) देखि मात्रै जलमार्गको विकासका लागि खास महत्वपूर्ण कदम चालिएको देखिन आउँछ । त्यस्तै, सातौं योजना (२०४२–२०४७), आठौं योजना (२०४९–५४), नवौं योजना (२०५४–२०५९) मा पनि जलमार्गको विकासका लागि तत्कालीन श्री ५ को सरकारले केही कदम चालिने योजनामा उल्लेख गरिएको पाइन्छ । तर, उपलब्धि भने खास भएको देखिँदैन । १०औं योजना (२०५९–२०६४) मा पनि जल यातायात सञ्चालनका लागि मागका आधारमा सम्भाव्य क्षेत्रको पहिचान गरी यसलाई राष्ट्रिय यातायात प्रणालीभित्र समन्वयात्मक रूपमा विकास गर्न दीर्घकालीन योजनाको तर्जुमा गरिने नीति र कार्यक्रम राखिएको छ । ११औं, १२औं, १३औं, १४औं र हालको १५औं पञ्चवर्षीय योजनामा समेत जलमार्गको विकास गर्ने नीति तथा कार्यक्रम राखिएको पाइन्छ ।

त्यस्तै, जलमार्गको विकास तथा सञ्चालनका लागि आवश्यक पूर्वाधारको अध्ययन गरी आन्तरिक जल यातायात संरचनाको विकासमा जोड दिइने पनि उल्लेख गरिएको छ । सम्भाव्य आन्तरिक जल यातायात संरचनालाई छिमेकी राष्ट्रको जल यातायात प्रणालीस“ग आबद्ध गर्न आवश्यक समन्वय गरी विकास गरिने नीति र कार्यक्रम पनि राखिएको देखिन आउ“छ ।

जलमार्गको अर्थ एउटै भए तापनि जलमार्गको सञ्चालन दुई किसिमको हुन्छ ः– (१) आन्तरिक जलमार्ग र (२) बाह्य जलमार्ग । आन्तरिक जलमार्गमा देशभित्रका ठुलाठुला नदीबाट एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार तथा यातायातको काम लिइन्छ । बाह्य जलमार्गमा ठुलाठुला जहाजबाट समुद्रपारका देश र महादेशमा समुद्र र महासागरको जलमार्गबाट सामान ओसारपसार गरिन्छ ।

नदी प्रकृतिको वरदानका रूपमा स्वभावतः समुद्रतर्फ उन्मुख महान् राजमार्ग हो । त्यसैले, बाह्रै महिना पानी बग्ने अनेकौं नदीनालाको उद्गमस्थल हाम्रो हिमालको समुद्रसँग प्राकृतिक सम्बन्ध अविच्छिन्न र अबिरल छ । यसै राजमार्गबाट हाम्रा आवश्यक वस्तु निर्यात हुनसक्छन् । हामी बाहिर–भित्र आवतजावत गर्न सक्छौं । हाम्रो भूपरिवेष्ठित स्थितिलाई जलमार्गको सम्भावनाबाट निकै फाइदा दिनेछ । युगौंयुगदेखि प्रकृतिले खोलेको यस बाटोको उपभोग गर्न अब हामीले ढिलो गरेमा हाम्रै लागि हितकर हुनेछैन । कोशी, गण्डकी र कर्णाली नेपालका प्रमुख नदीहरू हुन् । हिमालय पर्वतको उत्तरी भेगबाट सुरु भएका यी नदी नेपालका पर्वत शृंखलाहरू पार गरेर तराई क्षेत्रमा पुग्छन् र तत्पश्चात् नेपाल, भारत सीमा पार गरेर दक्षिण र दक्षिण पूर्वतर्फ बग्दै गंगा नदीमा मिल्न पुग्छन् ।

सर्वेक्षणकै सिलसिलामा भारतीय नदी क्षेत्रमा बनिसकेका पुलको पनि अध्ययन गर्दा कुनै पनि पुल त्यस्तो भेटिएन, जुन पुलबाट नेपालमा जलमार्ग सञ्चालन गर्दा बाधा हुनेछ । ’cause, हाल बनिसकेका हरेक पुलको उचाई पानीको सतहबाट २५–३० फुटसम्म रहेको छ र जलमार्गमा चल्ने ४००–६०० टन सम्मका स्टिमरको उचाई १८–२२ फुटसम्मको हुन्छ । समस्या यति मात्र देखिन आउँछ कि बंगालको खाडीबाट गंगा नदी भई नेपालको दक्षिणी सीमाभित्र स्टिमर ल्याउनलाई नेपाल भारत सीमानजिक बनिसकेको कोशी र गण्डक बाँधले गर्दा नेपालको आन्तरिक जलमार्ग सञ्चालन गर्नमा बाधा देखिन्छ । तर, यो पनि त्यति ठुलो समस्या होइन । हामीले चाहेमा सरकारसँग अनुरोध गरी ती बाँधमा खाँचोको व्यवस्था या बाँधलाई दायाँ अथवा बायाँमा १–२ किमीको नहर बनाई नेपालको दक्षिण सीमाभित्र सम्म आन्तरिक जलमार्ग चलाउन सकिन्छ ।

जलमार्गको विकास गर्दा अन्य यातायातको विकास जस्तैः– सडक, हवाई, रेल्वे, रोपवेको तुलनामा वातावरणमा ह्रास नआउने अरू प्राकृतिक सम्पत्तिको संरक्षण गर्न सकिन्छ । स्थलमार्गमा सञ्चालन गरिने ट्रक बसहरूमा खर्च हुने इन्धनको तुलनामा जल परिवहनमा खर्च हुने इन्धनको खपत निकै कम हुनजाने देखिन आउँछ । सडक निर्माणमा हुने लगानीको तुलनामा जलमार्गको लगानी र साल बसाली मर्मतसम्भार खर्च पनि सोही अनुपातमा घटी नै हुनजाने देखिन्छ । जलमार्गको विकासबाट देशमा आउने पर्यटकलाई जल क्रीडाको आनन्द लिनमा आकर्षित गराउन सकिन्छ, जसले गर्दा आगन्तुक पर्यटकलाई नेपाल बसाइमा सहयोग पु¥याउनसक्नेछ । देशको भू–बनोट वरदानका रूपमा रहेका नदीहरू अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको अनिश्चितता आदिलाई दृष्टिगत गर्दा मौजुदा सतहमार्ग (सडक यातायातको साथसाथै) पूरकका रूपमा जलमार्गको विकासलाई ध्यान दिनु अत्यावश्यक भएको छ ।

मर्मत सम्भार लागत पनि कम लाग्ने र प्राकृतिक स्रोत तथा सम्पदाका लागि पनि न्यायोचित परिचालन हुने प्रकारको जल यातायातको सञ्चालन गर्न सकेको खण्डमा देशको चौतर्फी विकासमा तीव्रता आउने तथ्यता क्षणभर मनन गरेमा नै पनि सिद्ध हुनसक्छ । जलमार्गको विकासको कुरा गर्दा क्षेत्रीय सहयोगको प्रश्नलाई पनि पन्छाउन सकिँदैन । निश्चय नै जलमार्गको विकासमा नेपाल, भारत र बंगलादेशबिच सहमति भई कुनै योजना कार्यान्वयन गरिएको खण्डमा त्यसले सम्बन्धित सबै पक्षलाई लाभ हुने विश्वास छ । बंगलादेश र भारतको समुद्री क्षेत्रको बन्दरगाहसँग नेपालको नारायणी र कोशी नदीलाई जलमार्गद्वारा जोड्ने धारणा कार्यगत रूपमा परिणत भएमा नेपालमा आयात गरिने मात्र होइन नेपालबाट निर्यात गरिने वस्तुलाई समेत सुलभ रूपमा पारवहन गर्नसकिने कुरा निश्चित छ । राष्ट्रमा विद्यमान जलस्रोतको अधिकतम् उपयोग गरेर खर्चिलो तेल इन्धनको आयातमा किफायत गर्ने’bout सोचिनु ज्यादै आवश्यक र राम्रो कुरा हुनआउँछ ।

दक्षिण एसिया उपक्षेत्रमा नदी प्रणालीमा आधारित जलमार्गको विकास र विस्तारमा व्यापक लगानी भइरहेको छ । यसमा पनि नेपालका सीमा नदीहरूबाटै विस्तारित हुने गंगा नदीमा आधुनिक जल यातायात प्रणाली विकास गर्न भारत सरकार र विश्व बैंकबिच अमेरिकी डलर ३ सय ७५ मिलियनबराबरको सहायता सम्झौता भएको छ । हाम्रा लागि यो सम्झौता निम्न कारणले महत्वपूर्ण छ ः १) यो सम्झौताअन्र्तगत गंगा नदीमा हल्दिया बन्दरगाह र वाराणसीबिच १ हजार ३ सय ६० किलोमिटर लामो आधुनिक जल यातायात मार्ग निर्माण हुँदै छ । हल्दिया त्यही बन्दरगाह हो, जुन नेपालले पनि अन्तर्राष्ट्रिय व्यापारका निम्ति उपयोग गरिरहेको छ ।

लागत र ढुवानी क्षमता दुवै दृृष्टिकोणबाट जलमार्ग नेपालका लागि उपयुक्त विकल्प देखिन्छ

हल्दिया हाम्रो प्रमुख व्यापारिक नाका वीरगन्जबाट करिब ८ सय ४५ किलोमिटर टाढा छ भने वीरगन्जबाट वाराणासी ३ सय ६० किलोमिटर टाढा छ । २) हिमालय पर्वत शृंखलाबाट बहने हाम्रा प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली र महाकाली सबै नै गंगा नदीका सहायक भएकाले यिनीहरू नै गंगा नदीका प्रमुख स्रोत हुन् । ३) हल्दियादेखि वनारसम्म बन्ने यस जल यातायतलाई अझै उत्तर पटना, साहेवगन्जभन्दा भित्रसम्म पनि विस्तार गर्ने भारतको तयारी छ । विश्व बैंकको एक सर्वेक्षणअनुसार १ लिटर इन्धनले स्थलमार्गबाट २४ टन, रेलबाट ८५ टन र जलमार्गबाट १ सय ५ टज ढुवानी हुनसक्छ । स्थलमार्गबाट ढुवानी गर्दा प्रतिकिलोमिटर २ रुपैयाँ २८ पैसा लाग्ने गर्छ भने कार्गो रेलबाट ढुवानी गर्दा १ रुपैयाँ ४१ पैसामा गर्न सकिन्छ । त्यसैगरी, जलमार्गबाट ढुवानी गर्दा १ रुपैयाँ १९ पैसामै गर्न सकिन्छ । यसरी लागत र ढुवानी क्षमता दुवै दृृष्टिकोणबाट जलमार्ग उपयुक्त विकल्प देखिन्छ ।

नेपालको आर्थिक र सामाजिक विकास गर्नका निमित्त जलमार्गको विकास गर्नसकेमा निम्न फाइदा प्राप्त गर्न सकिन्छः–

१) वातावरणको संरक्षणः
जलमार्गको विकास गर्दा अन्य यातायातको विकास जस्तैः– सडक, हवाई, रेल्वे, रोपवेको तुलनामा वातावरणमा ह्रास नआउने अरू प्राकृतिक सम्पत्तिको संरक्षण गर्न सकिन्छ ।

२) इन्धन खपत कमः
विदेशी मुद्राबाट आयात गरिएका इन्धनको सही उपयोग गर्न सकिन्छ । स्थलमार्गमा सञ्चालन गरिने ट्रक बसहरूमा खर्च हुने इन्धनको तुलनामा जल परिवहनमा खर्च हुने इन्धनको खपत निकै कम हुनजाने देखिन आउँछ ।

३) लगानीमा कमीः
सडक निर्माणमा हुने लगानीको तुलनामा जलमार्गको लगानी र हरेक वर्ष मर्मत सम्भार खर्च पनि सोही अनुपातमा घटी नै हुनजाने देखिन्छ ।

४) पर्यटन प्रवद्र्धनमा टेवाः
जलमार्गको विकासबाट देशमा आउने पर्यटकहरूलाई जल क्रीडाको आनन्द लिनमा आकर्षित गराउन सकिन्छ, जसले गर्दा आगन्तुक पर्यटकको नेपाल बसाइमा सहयोग पु-याउन सक्नेछ ।

देशको भू–बनोट वरदानका रूपमा रहेका नदीहरू अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको अनिश्चितता आदिलाई दृष्टिगत गर्दा मौजुदा सतहमार्ग (सडक यातायातका साथसाथै) पूरकका रूपमा जलमार्गको विकासलाई ध्यान दिनु अत्यावश्यक रहेको छ । मर्मत सम्भार लागत पनि कम लाग्ने र प्राकृतिक स्रोत तथा सम्पदाका लागि पनि न्यायोचित परिचालन हुने प्रकारको जल यातायातको सञ्चालन गर्नसकेको खण्डमा देशको चौतर्फी विकासमा तीव्रता आउने तथ्यता क्षणभर मनन गरेमा नै पनि सिद्ध हुनसक्छ ।

सन् २०१६ मा विश्व बैंकले बंगलादेशको चिटगाउँ ढाका (आसुगन्ज) क्षेत्रमा ९ सय किलोमिटर लामो बंगलादेश क्षेत्रीय जल यातायात परियोजना निर्माणका लागि अमेरिकी डलर ३ सय ६० मिलियनबराबर सहायता सम्झौता गरिसकेको छ । त्यस परियोजनाबाट बंगलादेश, भारत, भुटान र नेपालबिच उपक्षेत्रीय यातायात र व्यापार बढाउन टेवा पुग्नजाने विश्व बैंकको विश्लेषण छ । जसलाई बिबिआइएन सहायताअन्तर्गतकै परियोजनाका रूपमा बैंकले लिएको छ । अर्थात् विश्व बैंकले भारत र बंगलादेश जल यातायात विस्तारमा सहायता प्रदान गरिरहँदा यसबाट समग्र दक्षिण एसियाकै क्षेत्रीय सहयोगमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।

जल यातायात विस्तारबाट अर्थतन्त्रमा पुग्नजाने योगदानको आँकलन गरेरै हुनुपर्छ युरोपियनहरूले सन् १८६९ मै स्वेज नहर निर्माण गरी नर्थ एट्लान्टिक र इन्डियन ओसनबिचको यातायात दूरी करिब ७ हजार किलोमिटरले घटाएर व्यापार विस्तार गर्न सफल भए । सन् १९१४ मा निर्माण सम्पन्न भएको अर्को पनामा नहरले एट्लान्टिक ओसन र प्यासिफिक ओसनलाई जल यातायातमार्फत ७७ किलोमिटरको दूरीमै जोडेर अमेरिकाका अरू दुनियाँसँग व्यापार विस्तारमा योगदान पु¥याउनुका साथै यसले अमेरिकालाई विश्वकै शक्तिशाली मुलुकका रूपमा उभ्याउन पनि उल्लेख्य योगदान दिएको मानिन्छ । अफ्रिकामा बहने नाइल नदी होस् वा युरोपका डेन्युब वा राइन, चीनको याङ्जी वा एल्लो नदी वा आसियान यसले मुलुकहरूको व्यापार विस्तार, पर्यटन र यात्रु ओसारपसारमा महत्वपूर्ण योगदान गरेका छन् ।

हाम्रा सबै नदी पहाडी नदी हुन् तर जब यी नदी मधेस झर्छन्, तब सबै समथल भूभागमा बग्न थाल्छन् । बर्सेनि नदीले धार र बहाव फेर्ने हुँदा खास पानी बग्ने क्षेत्रबाट नदीले जलमार्ग निर्माण गर्दा सडक विस्तारमा जस्तो जग्गा अधिग्रहण गरिरहनु पनि पर्दैन । आधुनिक प्रविधिले ठाउँठाउँमा बाँध बनाउँदै ती नदीका पानीले ढाक्ने क्षेत्र पार्न नसकिने पनि होइन । महासागरमा हिँड्ने ठूला पानीजहाज ल्याउन नसकिएला, तर यसरी फैलिएका सप्तकोसी, नारायणी र कर्णाली भएर बहने मधेसका समथर भूभागसम्म मात्र भए पनि साना भेसलहरू ल्याउन नसकिने पक्कै हुँदैन । पटना, गण्डक, साहिवगन्जलगायत उत्तरपूर्वी क्षेत्रमा जल यातायात विस्तार गर्ने भारत सरकारको तयारीले पनि हाम्रो सिमानाका नदीमा जल यातायात विकासलाई झनै नजिक ल्याएका छन् ।

बंगालको खाडीबाट गंगा नदी हुँदै नेपालभित्र स्टिमर ल्याउन कोशी र गण्डक बाँधले बाधा सिर्जना गर्छन्

विभिन्न नदीनालामा पूर्वप्रारम्भिक विस्तृत सर्वेक्षणपश्चात् केही ठाउँमा नतिजा उत्साहवद्र्धक देखिएकामा नेपालजस्तो पहाडी धरातलका नदी नालाहरूमा सञ्चालन गर्न उपयुक्त भनिएको संयुक्त अधिराज्यको इडाहोमा निर्मित जेट–वार्ज इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइजेजमार्फत ल्याई जलमार्ग सञ्चालनका लागि सम्भाव्यता सर्वेक्षण पनि गरिएको पाइन्छ ।

तत्कालीन श्री ५ को सरकार र इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइजेजको संयुक्त प्रयासमा युएनडिपीको अनुदान सहयोगसमेत लिई आर्थिक वार्ष २०४५-०४६ मा अरुण नदीमा चतरादेखि तुम्लिङटारसम्म स्ट्रेटमा जेट वार्ज सञ्चालन गर्ने कार्यक्रम पनि राखियो ।

यसरी नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै ठाउँमा जेट वार्जको सञ्चालन हुनसक्यो भने हाम्रो यातायातको विकासमा यो अत्यन्त महत्वपूर्ण कदम हुनेछ । कृत्रिम रूपमा जेट वार्ज उपलब्ध गराएर जलमार्गको सञ्चालन हुनसक्यो भने मुलुकलाई आधुनिक यातायातको विकासका क्रममा उपलब्धिको महत्वपूर्ण बिन्दुमा पु¥याउने निश्चित देखिन आउँछ । जल यातायातको सम्भाव्यताका लागि प्रारम्भिक परीक्षण गर्दा १५–१६ वटा ठाउँमा यातायात सञ्चालन गर्नसकिने देखिनआएको छ ।

वर्तमान १५आंै योजना २०७६–२०८१ मा जल यातायातको विकास कार्यक्रमअन्तर्गत सुलभ र किफायती यातायातको भरपर्दो विकासका रूपमा जल यातायातको विकास गर्ने सोच राखिएको छ । त्यस्तै, आन्तरिक र समुद्रसम्म जल यातायातको विकासमार्फत पर्यटन प्रवद्र्धन एवं व्यापार सहजीकरण गर्ने लक्ष्य राखिएको छ । यसका साथसाथै आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय जलमार्गको प्रयोग गरी देशको उद्योग, व्यापार तथा पर्यटनलगायत राष्ट्रिय अर्थतन्त्रका अन्य आयमा सकारात्मक योगदान पु¥याउने उद्देश्य राखिएको छ । अर्को कुरा आन्तरिक तथा समुद्रसम्म पहुँचका लागि जल यातायातको विकास र विस्तार गर्ने, जल यातायात सेवा विकासका लागि निजी लगानी एवं अन्य क्षेत्रको लगानी आकर्षित गर्ने, जल यातायात विकास र सञ्चालनमा संस्थागत व्यवस्थापकीय तथा प्राविधिक क्षमताको विकास र अभिवृद्धि गर्ने आदिजस्ता रणनीति पनि राखिएको पाइन्छ ।

हजारौं वर्षदेखि नै यस संसारले जलमार्गलाई महत्व दिँदै आएको छ । १३औं शताब्दीमा ब्रिटेनले ‘नेभिगेसन एक्ट’ बनाइसकेको थियो । सो नेभिगेसन एक्ट बाह्य तथा आन्तरिक जलमार्ग दुवैमा लागू गरिन्छ । मोटर गाडी १८औं शताब्दीको अन्त्यमा बन्यो, हवाईजहाज १९औं शताब्दीमा मात्र बन्यो । त्यसभन्दा पहिला नै यस संसारलाई सम्पर्क राख्ने एउटा मात्रै मार्ग थियो, त्यो हो जलमार्ग । जलमार्गले त्यसबेला पनि यस संसारलाई सम्पर्क राख्नमा वञ्चित गराएको देखिँदैन । एसिया महादेशका पाँचवटा भू–परिवेष्ठित राष्ट्रहरूमध्ये तीनवटा राष्ट्रमा आन्तरिक जलमार्गको केही मात्रामा विकास भइरहेको हामी पाउँछौं । जस्तैः–अफगानिस्तानजस्तो अविकसित पहाडी मुलुकमा पनि आन्तरिक जलमार्गबाट सामानहरू ढुवानी गरिरहेको पाइन्छ । मंगोलियामा सेलेग नदीबाट स्टिमर सेवा सञ्चालन भइरहेको छ भने होब्रोगल तालबाट पनि बाँध बनाई आन्तरिक जलमार्ग सञ्चालन गरिएको पाइन्छ । त्यस्तै, लाओसमा पनि मेकङ नदीबाट आन्तरिक जलमार्ग सञ्चालन भइरहेको पाइन्छ । भुटानमा एउटै मात्र नदी मानसमा आन्तरिक जलमार्ग सञ्चालनका लागि अनौपचारिक रूपमा प्रयत्न गरिरहेको बुझिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने