कुशवाहाले नयाँ पार्टी खोल्ने

राजविराज । बारा २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका शिवचन्द्र कुशवाहा ३ महिने जनजागरण अभियानमा निस्केका छन् । हिजो शनिबार सप्तरीबाट सुरु गरिएको अभियान अन्य जिल्लामा समेत संचालन हुने उनले जनाएका छन् ।

राजविराजस्थित पत्रकार महासंघ सप्तरीको सभाकक्षमा संचारकर्मीहरुसित कुरा गर्दै उनले सप्तरीबाट सुरु भएको तीन महिने अभियान अन्य जिल्लाहरुमा समेत संचालन हुने जनाए ।

सप्तरीबाटै नयाँ पार्टीको घोषणा गर्ने अनुमान गरिएपनि उनले तीन महिने अभियान सकिएपछि मात्र नयाँ पार्टी खोल्ने ’bout निर्णय लिने स्पष्ट पारे ।

जिल्ला जिल्लामा अभियान लिएर जाँदैछु, उनले भने, अभियानका क्रममा प्राप्त सुझावको आधारमा मात्र नयाँ पार्टी गठन ’bout अन्तिम निर्णय लिइने छ ।

आफू जनताको सेवक भएको बताएका उनले जनजागरण अभियानका क्रममा प्राप्त हुने जनादेश अनुसार अघि बढ्ने स्पष्ट पारे । जनताको बीच जनताको मुद्दा लिएर जाँदैछु उनले भने, जनताको जनादेश र मनोभावना बुझेर मात्रै अन्तिम निर्णय लिइने छ ।

आफू २०३५ सालदेखी नै राजनीतिमा होमिएर जनताका बीच जिवन बिताइरहेकाले जनताले चाहे बमोजिमको पार्टी गठन हुने उनको कथन छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीतिक र व्यवहारिक ज्ञान नभएको नेताको संज्ञा दिँदै उनले पार्टी भित्र कुनै बहस र छलफल नै नचलाई एकल निर्णय गर्ने र तानाशाही प्रवृती देखाउने गरेको आरोप समेत लगाए ।

डा. राउत पढेलेखेका विद्धान भएपनि उनमा राजनीति र व्यवहारिक ज्ञानको पूर्ण अभाव रहेको आफूले अनुभव गरेको उनले सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?