ठाकुरबाबाका व्यवसायीले गरे विपन्नलाई खाद्यन्न सहयोग

विपन्न वर्गलाई सहयोग गर्दै व्यवसायी । तस्बीर : सुदीप अधिकारी

बर्दिया । कोरोना भाइरसको संक्रमणबाट जोगिन सेल्फ क्वारेनटाइन भन्दै विभिन्न परिकार बनाएर खाएको तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । तर मुलुक लकडाउन भएको बेला दैनिक ज्याला मजदुरी गरेर खानाको जोहो गर्ने मानिसहरुको दैनिकी कसरी चलेको होला भन्ने धेरैलाई हेक्का छैन । यस्तो संकटको बेलामा नगरका अति विपन्न वर्गलाई सहयोग गर्न मनकारी हातहरु पनि अघि बढेका छन् ।

बर्दियाको ठाकाुरबाबा नगरपालिकाका दुई व्यवसायीले अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेर मनकारी भावना देखाएका छन् । ठाकुरबाबा–१ भुरिगाउँ बजारमा रहेको न्यू शोभा आयल स्टोरका संचालक अनिलकुमार पौडेल र सुनचाँदी व्यवसायी नरेश सुनारले ठाकुरबाबा– १ का अति विपन्न १४ परिवारलाई खाद्य सामाग्री वितरण गरेका छन् ।

प्रति परिवार १० किलो चामल, १ किलो दाल, १ पाकेट तेल र १ पाकेट नुन विपन्न परिवारलाई सहयोग गरेको वडा अध्यक्ष श्यामलाल थारुले जानकारी दिए । साँझबिहानको हात मुख जोर्ने पिरलो भइरहेको बेला यो सहयोगले आफुहरुलाई निकै राहत महशुस भएको सरस्वती बुढाले बताइन् ।

दैनिक ज्याला मजदुरी गरी खानेवर्गको समस्या भनेकै खाद्यान्न भएकाले उनीहरुको दैनिकीमा केही सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको विपन्नलाई सहयोग गर्ने व्यवसायी अनिलकुमार पौडेलले बताए । वडा अध्यक्षले पहिचान गरेका परिवारलाई सहयोग प्रदान गरिएको पौडेलले बताए । आगामी दिनमा वडाले पहिचान गरेका थप विपन्न वर्गलाई पनि सहयोग गरिने अर्का दाता नरेश सुनारले बताए ।

यसैगरि लकडाउनलाई प्रभावकारी बनाउन खटिएको इलाका प्रहरी कार्यायल भुरिगाउलाई स्थानिय हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले करिव २५ हजार रुपँैया बराबारको चाउचाउ, बिस्कुट, पानी र साबुन वितरण गरेको छ । सहकारीको सामाजिक दायित्व अन्र्तगत सहयोगस्वरुप सामाग्री वितरण गरिएको सहकारीका प्रवन्धक गणेश थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द