Thursday, April 22, 2021
Home प्रदेश सुदूरपश्चिममा क्वारेन्टाइनमा राख्नै सकस

सुदूरपश्चिममा क्वारेन्टाइनमा राख्नै सकस

,

भीमदत्तनगर । बैतडीको पुर्चौडी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर ऐर आइतबार गाउँमा स्थापना गरिएको क्वारेन्टाइन स्थलमै कुटिनुभयो । मदिरा सेवन गरी आएका स्थानीयवासी धर्मानन्द बडू वडाध्यक्षमाथि नै जाइलागेपछि अहिले प्रहरी हिरासतमा छन् । वडाले गलिनाथ मावि बडगाउँमा क्वारेन्टाइन स्थापना गरेको छ ।

यही चैत १२ गते नगरपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी करनसिंह धामी पनि क्वारेन्टाइनमै कुटिएका थिए । सुदूरपश्चिम प्रदेशमा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर सङ्क्रमणबाट सतर्कता अपनाउन खोज्दा समस्या भइरहेको छ । यहाँका ८८ स्थानीय तहमध्ये अधिकांशले हैसियतअनुसार क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गरे पनि बाहिरबाट आउने प्रायः नागरिकले क्वारेन्टाइन बसेर सावधानी अपनाउन अटेर गर्दै आएका छन् ।

उता सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको सीमानाकाबाट घर आउन नपाएको भन्दै सिमावर्ती भारतीय बजार धार्चुलामा अलपत्र नेपालीहरु चर्को स्वरमा चिच्याइरहेका छन् । सोमबार दार्चुलामा महाकाली नदीमा पौडी खेलेर एक युवक नेपाल प्रवेश गरेपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले ती युवकलाई नियन्त्रणमा लिएको छ । भारततर्फ अझै ५०० भन्दा बढी नेपाली अलपत्र छन् । कोभिड–१९ दार्चुलाका सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुलामा भारतबाट करिब तीन हजारभन्दा बढी नागरिक स्वदेश फर्किएको बताउनुभयो ।

“यहाँका नौ वटै स्थानीय तहमा गरेर १४७ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्”, भट्टले भन्नुभयो, “धेरै नागरिक क्वारेन्टाइन बस्न अटेरी गरिरहेकाले सङ्क्रमणको जोखिम पनि छ ।” उहाँले महाकाली अस्पतालको आइसोलेसन कक्षमा छ शङ्कास्पद बिरामी राखिएको बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेका बेला यहाँका स्थानीय तहले पनि भारतबाट आउनेबाट सङ्क्रमण नफैलियोस भनेर सक्रियता देखाएका छन् । “अछाममा अहिलेसम्म ५३ जना क्वारेन्टाइनमा बसेका छन्”, कोभिड–१९ अछामका सम्पर्क व्यक्ति देवदत्त जोशीले भन्नुभयो, “यहाँ अहिलेसम्म दुई हजार ५४३ जना भित्रिएको तथ्याङ्क छ ।

क्वारेन्टाइन बस्न आग्रह गर्दा ‘हामी ठिक छौँ के पाप ग¥यौँ र बस्नलाई’ भन्नेजस्ता जवाफ आउँछन्”, जोशीले भन्नुभयो, “सम्झाउँदै जाँदा बस्न तयार हुने गरेका छन् ।” सुदूरपश्चिमबाट नेपालीहरू भारतको राजधानी दिल्ली, मुम्बई, पुना, बैंग्लोर, राजस्थान, हरिद्वार, चण्डीगढ, पिढौरागढलगायतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् । डोटी जिल्लाको नौ वटै स्थानीय तहका २५ स्थानमा क्वारेन्टाइन स्थापना भएका छन् । “यहाँका सबैतिर गरेर ५१७ श्यया तयार भएका छन्”, कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति सूर्यबहादुर विष्टले भन्नुभयो, “३९४ जना क्वारेन्टाइनमा बसेका छन् ।” स्थानीय तहहरुले भारतलगायत अन्य मुलुकबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । यहाँका सीमानाकाबाट उद्धार गरिएकालाई स्थानीय प्रशासन र स्थानीय तहले क्वारेन्टाइनमा राख्न सकेको छैन । भीमदत्तनगरस्थित बजारमा १०० श्ययाको क्वारेन्टाइन रित्तो छ । महाकाली अस्पतालको आइसोलेसन कक्षमा छ बिरामी राखिएको छ ।

“क्वारेन्टाइनमा राखेर मात्रै सङ्क्रमण रोकिन गाह्रो छ”, भीमदत्तनगरस्थित महाकाली अस्पतालका एक स्वास्थ्यकर्मीले भन्नुभयो, “राखिएकाहरुको खानपिन, सुरक्षा र तिनको खटनपटन, सुरक्षा सतर्कतालगायतका विषयमा कसैको ध्यान पुगेको छैन ।” उहाँले क्वारेन्टाइनको उचित व्यवस्थापनका लागि सरकार र स्थानीय तहले ध्यान नदिएको दुःखेसो पोख्नुभयो । सुदूरपश्चिम प्रदेशबाट हालसम्म ४३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ । “अहिलेसम्म २५ जनाको रिपोर्ट आएकामा एक जनाको मात्रै पोजेटिभ आएको हो”, प्रयोगशालाका कोभिड–१९ का सम्पर्क व्यक्ति रामप्रसाद ओझाले भन्नुभयो, “बाँकीको रिपोर्ट आएको छैन ।”

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण सोमबार यहाँ आइपुगेको छ । स्वास्थ्य सामग्री ल्याएर नेपाली सेनाको स्काई ट्रक धनगढी आइपुगेको छ । पिपीइ, मास्क, स्यानिटाइजरलगायतका सामग्री आएकाले यहाँ शङ्कास्पद बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज हुने भएको छ । त्यसैगरी सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सवारी पास दिन बन्द गर्ने निर्णय गरेको छ । अर्को आदेश जारी नभएसम्म सवारी पास वितरण पूर्णरूपमा बन्द गर्ने प्रशासनले जनाएको छ ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

साताका लोकप्रिय समाचार

सभापति देउवाद्वारा सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजमूलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम...

‘पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्’

काठमाडाैं । सरकारको शिफारिसमा राष्ट्रपतिद्वारा लिपुलेक , लिम्पियाधुरा र कालापानी नसमेटिएको तस्बिर अंकित पदक वितरण गर्ने कार्यप्रति अनेरास्ववियू(क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ। विज्ञप्ती...

अझै भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने...

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार...

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी...

ट्रेन्डिङ

सरकारको विपक्षमा फिल्म बनाउँछु : प्रकाश झा

काठमाडौं । बलिउड फिल्म निर्देशक प्रकाश झाले आफूलाई भारतीय सत्तापक्षको विपक्षीका रूपमा व्याख्या गरेका छन् । भारतमा लोकसभा चुनावमा तीनपटक हारिसकेका उनी त्यहाँ सफल...

टेटे खेलाडीलाई लोमसको सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतराका बाबजुद पनि जारी रहेको राष्ट्रिय टेबल टेनिस टोलीको प्रशिक्षणलाई लोमस फर्मास्युटिकलले सेनिटाइजर सहयोग गरेको छ । प्रशिक्षणको बेलामा...

नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारी र भूमिका

नेपाल सरकारको मुख्यसचिव देशको समग्र शासन प्रणालीको मियो हो । मुख्यसचिवको गुरुत्तर जिम्मेवारी र भूमिका बहुआयमिक छ । मुख्यसचिव सार्वजनिक प्रशासनको नेता मात्र नभएर...

कृषि अर्थतन्त्र र असार

कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । कृषिले रोजगारीका क्षेत्रमा अवसर उपलव्ध गराउँदै अर्थतन्त्रमा उल्लेख्य योगदान प-याइरहेको छ । त्यसैले, कृषि क्षेत्रको विकास राष्ट्रिय...

गण्डकीमा पाँच सय नाघ्यो कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । आइतबार बिहान थप १६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या कुल ५...

साउथ ह्याम्टनको पोस्टमा म्यानचेष्टर युनाइटेडको ९ गोल

लन्डन । इग्लिस प्रिमियर लिगमा विरलै हुने गोलको वर्षाको घटना दोहोरिएको छ । आज बुधबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले आफ्नो घरेलु मैदानको भरपुर...

फागुन १५ सम्म प्रतिनिधिसभा पुनः स्थापित हुन्छ : योगेश भट्टराई

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले फागुन १५ सम्ममा प्रतिनिधिसभा पुनः स्थापित हुने बताएका छन । इलाममा प्रचण्ड–नेपाल समूहका कार्यकर्तासँगको...

अदुवाले मूल्य नपाउँदा किसान निराश

इलाम । गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका तीन किसान गिरिजा खनालले सँधैको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच...

कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय विरुद्ध कृषकहरु आन्दोलित

काठमाडौँ । कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णयविरुद्ध विभिन्न कृषि उद्यमी, राष्ट्रिय संघर्ष समिति लगायतले काठमाडौंमा आन्दोलन सुरु गरेको छ । कृषि...

अब पालो प्रिमियर लिगको

लन्डन । कोरोना महामारीको त्रासपछि झन्डै तीन महिनापछि विश्वमा खेलकुद गतिविधि बिस्तारै चलायमान हँुदै छ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरू सुचारु...

आईपीएल खेलाउन श्रीलंका इच्छुक

कोलम्बो । कोरोना भाइरसको महामरीबीच श्रीलंकाले इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संक्रमण्मा आयोजना गर्ने प्रस्ताव राखेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले कोरोनाका कारण...

बाढी पीडितको पैसामा वडाध्यक्षको मनोमानी

सिन्धुपाल्चोक । २०७३ सालमा भोटेकोशी नदीमा आएको बाढीले स्थानीयको घर जग्गा बगाएपछि भोटेकोशी पावर कम्पनीले दिएको रकम वडा अध्यक्षले मनलाग्दी रुपमा वितरण गरेको स्थानीयले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)