बेलहियामा तीन सय नेपाली अलपत्र

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् । नेपाली पक्षले भारतबाट आउने नेपालीलाई रोकेपछि नेपालतर्फ आउन उनीहरु रोकिएका छन् । उनीहरु अहिले दशगजा क्षेत्रमा पाल टाँगेर बसेका छन् । उनिहरुलाई सोमबारदेखि स्थानीयवासीले खाने व्यवस्था गरेको देखिन्छ । नेपालतर्फ आउन नपाएपछि दशगजा क्षेत्रमा रहेका नेपालीले सोमबार केही समय नाराबाजीसमेत गरेका थिए ।

कोभिड –१९ को त्रास बढ्दै गएपछि नेपाल पक्षले भारतबाट आउने नेपाली र भारतीय पक्षले नेपालबाट आफ्नो देशतर्फ जाने भारतीयलाई रोकेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएका छ । लगभग ६० भारतीय पनि भारततर्फ जान नपाएर नेपालको सीमाक्षेत्र बेलहियामा रोकिएका छन् ।

सीमाक्षेत्रमा रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । सरकारले दिने निर्देशन हामीले कार्यान्वयन गर्ने हो भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले माथिबाट जे आदेश आउँछ त्यहीअनुसार नेपालतर्फ आउने नेपालीको व्यवस्थापन गरिने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले सीमा क्षेत्रमा रहेका नेपालीलाई अहिले नेपालतर्फ आउन नदिइएको बताउँदै भारतीयलाई पनि भारतीय पक्षले आफ्नो देशतर्फ प्रवेश नदिएपछि सीमाक्षेत्रमा सुरक्षा कडा पारिएको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 364 times, 1 visits today)

epaper

ताजा समाचार

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना