नगरको बिरामी वीरगन्ज धाउनुपर्ने समस्याको अन्त्य गर्छौ : नगर प्रमुख यादव

बारा । बारामा आपत्कालीन नगर अस्पतालको शिलान्यास गरिएको छ । महागढीमाई नगरपालिकाको वडा नम्वर २ स्थित श्री गढ्ढीगंगा पुल नजिकै १५ सैयाको आपत्कालीन नगर अस्पतालको सोमवार नगर प्रमुख उपेन्द्र प्रसाद यादवले शिलान्यास गरेका छन् ।

महागढीमाई नगरपालिकाको नगर अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख यादवले नगरको बिरामी विरगंज धाउनु पर्ने समस्याको अन्त्य गर्ने बताएका छन् । सवारी दुर्घटना देखि लिएर विकास किसिमको रोगको चेकजाँच गराउन नगरवासीको विरगंज जाने समस्या पुर्ण रूपमा आफ्नै कार्यालयमा सम्पन्न गराउने उनले प्रतिवद्धता गरेका छन् ।

अर्थो, गाईनो, फिजिशियन, सर्जन लगायतको एमडी अनुभवी चिकित्सकको टोली राखेर सुविधा सम्पन्न तरिकाले २४ घण्टे ईमरजेन्सी सेवा दिने तयारीमा रहेको नगरप्रमुख यादवले बताए ।

नगर स्वास्थ्य बिकास योजना अन्तर्गत महागढीमाई नगरपालिकाले १५ करोडको लगानीमा १५ शैया नगर अस्पताल निर्माण गर्न टेण्डर अहवान गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराईले बताएका छन् ।

सत्यसेव सेवा जेभी निर्माण कम्पनीले ठेक्का स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृतले बताए । सुविधा सम्पन्न अस्पतालको शिलान्यास नगर प्रमुखले गरेको उनले बताए ।

आपतकालीन कक्ष सहित उच्च स्तरिय उपचार पद्धति, ल्याबसेवा, ऐमडी चिकित्सकको प्रत्यक्ष निगरानीमा सबै सुविधा सम्पन्न महागढीमाई नगर अस्पताल निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । नगर अस्पतालको निर्माण संगै नगरपालिकाको ८० प्रतिशत भन्दा बढी सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुन नगरपालिकाले विश्वास लिएको छ ।

वडाध्यक्ष मनोज गुप्ता, नगरपालिकाका कर्मचारी महेन्द्र कुशवाहा, बितेश यादव, भोलानाथ जैयसवाल स्वयमसेवीका लगायत कर्मचारीहरुको सहभागीता रहेको युवा नेता साजन गुप्ताले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी