सिन्धुली । नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवम अनेरास्ववियुका बाग्मति प्रदेश सहसंयोजक लालबहादुर बुढाथोकीले आफुले अभिभावकत्व लिएका विद्यार्थी सहितका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, स्कुल ड्रेस र विद्यालयलाई खेल सामग्री सहयोग गरेका छन ।
आफ्नो ३४ औं जन्मदिनको अवसरमा बुढाथोकीले आधारभूत विद्यालय नाकाजोलीका ३१ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन । जन्मदिनको अवसरमा आमा केशवकुमारी बुढाथोकी र श्रीमति सञ्जु वस्नेत सहित विद्यालयमा पुगेर उनले सामग्री वितरण गरेका हुन ।
उनले केपी ओलीको विद्यालय भर्ना अभियानमा अपनत्व लिएका पाँच जना बालबालिकालाई स्कुल ड्रेस समेत सहयोग गरेका छन । २०७५ भदौ ६ गते उनले अपनत्व लिएर भर्ना गराएका आयुष हायु, गृष्मा मगर, सुस्मिता नेपाली, प्रिया हायु र विद्यालयले सिफारिस गरेका मंगलबहादुर सार्कीलाई सर्ट पाइन्ट सहित स्टेशनरी सहयोग गरिएको उनले बताए ।
यस्तै जन्मदिनको अवसरमा विद्यालयलाई फुटवल, नेपालको चुच्चे नक्सा र टेवल ग्लोवल सहयोग गरिएको बुढाथोकीले बताए ।
बालबालिकालाई भर्ना गरेपछि फोनमा चासो लिए पनि विद्यालय नै पुगेर सहयोग गर्न नसकेकोमा जन्मदिनको अवसरमा भेट्ने अवसर पाएकोमा उनले सो अवसरमा खुशी व्यक्त गरे ।






