जुवा खालमा वडाध्यक्षसहित ८ पक्राउ

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित आठ जनालाई पक्राउ गरेको छ ।

वडाध्यक्ष दनुवारसहित अन्य आठ जनालाई पाँचखाल बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले जानकारी दिए ।

उनले जुवाको खालबाट नगद १ लाख ९० हजार रुपैयाँ र तास बरामद गरेको जानकारी दिए । आठ जना पाँचखाल नगरपालिकासँगै रहेको एउटा घरमा जुवा खेलिरहेका थिए । उनीहरूलाई गोप्य सूचनाका आधारमा छापा मारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

epaper

ताजा समाचार

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह