कोरोना संक्रमणको महामारीले अहिले विश्वभर एकखालको आतंक छाएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या दिनै पिच्छे बढेको छ भने संक्रमितको संख्या डँढेलो लागे झै फैलँदै छ विकसित मुलुकमा ।
नेपाल जस्तो मुलुकमा बस्नेहरु हामीहरु विभिन्न अनलाइन, टेलिभिजन हेरेर, रेडियो सुनेर मृतक र संक्रमितको संख्या जोडनमै सिमित छौं । हरेक पटकको समाचार बुलेटिन हेर्दा लाग्छ अर्को बुलेटिन आउदासम्म संक्रमित र मृत्यु हुनेहरुको संखया कति बढ्ने हो । अरु बेलामा समाचारमा ध्यान नदिनेहरु पनि अहिले समाचारमा निकै चासो दिन थालेका छौं, कारण हामीलाई कोरोना भाइरसवारे धेरै भन्दा धेरै चासो लिनु छ । सरकारले कस्तो ग-यो ? आलोचना या समर्थनमा सामाजिक सञ्जालमा टिप्पणी पनि गर्नु छ ।
एनसेल एनटिसीलगायत टेलिफोन प्रदायक कम्पनिले उपलब्ध गराउने प्याकेजको इन्टरनेट मोबाइलमा सहजै चलाउन सकिने भएकाले पनि इन्टरनेटको सर्वसुलभता आमसर्वसाधारणमा पुगेको छ । डिसहोमको एन्टेनाले गाउँ सलक्कै ढाकेकाले जुनसुकै मुलुकको टेलिभिजन च्यानल दुर्गम गाउँमा बसेर पनि हेर्न सकिन्छ ।
एकछिन आँगनमै डुल्नुस् घर वरिपरि भएका स्थानिय (टाँकी, कुट्मेरो, गेडे, काभ्रो, नासपातीलगायतका रुखमा चराहरुको चिरबिर सुनिन्छ । तपाईले ध्यान दिएर ति चराहरुको चिरबिर सुन्नुस् विषेश आनन्द प्राप्त हुन्छ ।
समग्रमा भन्नु पर्दा सूचना प्रविधिसंग साक्षात्कार गर्नका लागि शहरमै अड्किरहन जरुरी छैन । मोटर नपुगेको गाउँमा समेत इन्टरनेट पुगेकाले सूचनाको पहुँच गाउँमै पुग्यो भन्दा गल्ति हुँदैन । शहर बजारमा बस्नेहरुका लागि गाउँको यात्रा आफैंमा रोमाञ्चक हुन्छ । दसैं तिहार जस्ता ठूला चाड पर्वमा गाउँ फर्किने परम्पराले पनि हामी गाउँघर प्रेमी छौं भन्ने पुष्टि हुन्छ । कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि शहरबाट नजिक हुनेहरु राता राता गाउँ फर्किएको घटनाले पनि पुष्टि गर्छ । आम मान्छे गाउँ फर्किएका केबल शहरमा संक्रमण फैलिन्छ भनेर मात्रै हैन ।
अहिले गाउँमा हरेकको पिंढिमा मान्छे भरिएका छन् । परिवारका सदस्य धेरै हुनेहरुको घरमा एकखालको उत्सव जस्तै बनेको छ । गाउँमा अहिले खेती लगाउने सिजन हो । मकै छर्ने, घैया छर्नका लागि बाँझो जोत्ने, मल बोक्ने, दाउरा बोक्ने लगायतका धेरै काम छ गाउँमा ।
यसरि लिन सकिन्छ होम क्वारेन्टाइनको फाइदा

बिहान पाँच बजे गाउँमा उज्यालो हुन्छ । साँढे पाँचसम्ममा उठिसक्नुस् । एकछिन आँगनमै डुल्नुस् घर वरिपरि भएका स्थानिय (टाँकी, कुट्मेरो, गेडे, काभ्रो, नासपातीलगायतका रुखमा चराहरुको चिरबिर सुनिन्छ । तपाईले ध्यान दिएर ति चराहरुको चिरबिर सुन्नुस् विषेश आनन्द प्राप्त हुन्छ । अझ घर नजिकै बाँसको झ्याङ छ भने साँझपख जानुस् चराहरुको विषेश वातचित सुन्न पाईन्छ । चराको भाषा बुझ्न जरुरी छैन तर, उनीहरुको चिरबिर सुनेर विषेश आनन्द लिन सकिन्छ ।
नृत्यकर्म सकेपछि चिया पिउनुस् र एकछिन घरको काम गर्नुस् । तपाई शहरबाट आउनु भएको छ भने के काम गर्ने घरका मान्छेलाई सोध्नुस् । घरका मान्छेको निर्देशन अनुसार काम गर्नु भयो भने तपाईको काम थप प्रभावकारी हुन्छ । नौ वा दश बजेसम्म घरको काम गर्नुस् । काम गर्दा शरीरलाई पनि ध्यान दिनुस् आफ्नो शरीरले सक्नेसम्म काम गर्नुस् । शारीरिक क्षमताले थेग्ने भन्दा बढी काम गर्नु भयो भने तपाईलाई शारीरिक समस्या हुन सक्छ ।
दश बजेपछि खाना खानुस् । खाना खाएपछि एकछिन आराम गर्नुस् । आराम तपाईले आफ्नो इच्छा अनुसार गर्न सक्नु हुन्छ, एकछिन सुत्न सक्नु हुन्छ । घर नजिकै भएको कुनै ठूलो रुखको सित्तलमा बसेर वा घर भन्दा केही पर रहेको चौतारो वा अन्य ठूलो रुखको सित्तलमा बसेर पनि आनन्द लिन सक्नु हुन्छ ।
दिउसो ३ बजेसम्म आराम गरेपछि फेरि घरको काम गर्नुस्, काम जे पनि गर्न सक्नुहुन्छ । बारी खनजोत, दाउरा बोक्ने, मल बोक्ने, दाउरा काट्ने, बार बार्ने जे पनि हुन सक्छ ।
अर्काको घर नजानुस्
कोरोना महामारीको सबै भन्दा ठूलो माध्यम हो भन्ने पुष्टि भैसक्यो । मान्छेबाट मान्छेमा सर्छ भन्ने यकिन भैसकेपछि मान्छे मान्छेविचको सम्पर्कवाट टाढा रहनु नै सबै भन्दा उपयुक्त विधि हो । अहिलेसम्म नेपालमा ‘सोसाइटी’को तहमा कोरोना संक्रमण फैलिसकेको छैन त्यसकारण अहिले नै आत्तिइहाल्नु पर्ने स्थिती छैन । यदि संक्रमण फैलियो भने स्थिती भयाबह हुने निश्चित छ । तशर्थ, संक्रमबाट जोगिनु नै सबै भन्दा उपयुक्त विधी हो भन्नेमा पनि सचेत हुन जरुरी छ ।
गाउँमा पुगेपछि सञ्चो बिसञ्चो सोध्दै वल्लोघर पल्लोघर चाहार्दा छुट्टै आनन्द हुन्छ । यसपाली संक्रमणको समय भएकाले वल्लो पल्लो घर पुगेर सञ्चो बिसञ्चो सोध्ने कष्ट नगर्नुस् । किनकी महामारी फैलिएको अवस्थामा हाम्रा मुलुकमा कार्यरत स्वास्थ्यकर्मी र अस्पतालहरुले संक्रमितहरुको सहि उपचार गर्ने सामध्र्य राख्दैनन् । ‘रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु’ भन्ने स्वास्थ्य मन्त्रालयतको स्लोगान मनन गर्नु अहिलेका लागि उपयुक्त हुन्छ ।






