नेपाली समाजमा ‘नुनको सोझो गर्नु’ भन्ने उक्ति प्रचलनमा छ । यसको अर्थ इमानदारी हुनुपर्छ, भन्ने हो । इमानदारिता जीवनको ठुलो गहना हो, इज्जत हो र प्रतिष्ठा हो । इमान हराएपछि सबै गुम्छ, भनिन्छ । अहिले समाजमा इमानदारिता हराउँदै गएको अनुभव हुन्छ । राजनीतिक चिन्तन र क्रियाकलापमा इमानदारी, जवाफदेही र उत्तरदायित्वको बोध कमजोर छ । राजनीतिमा आस्था राख्ने कार्यकर्ता र कट्टर समर्थकको अभ्यास पनि नितान्त स्वार्थनिहित छ । हाम्रा राम्रा भन्ने अपरिपक्क सोचाइ र अभ्यासले राजनीतिक क्षेत्र आलोचित भएको छ । समाजले राजनीतिक क्षेत्रको कुरा गर्दा नाक खुम्च्याउने गरेको अवस्था छ ।
राजनीतिका उच्च पदस्थ व्यक्ति एवं व्यक्तित्वले भोजन गर्दा कालेकाले मिलेर खाम भालेको नीति अख्तियार गरेका छन् । पालैपालो सरकारमा जाने र अर्थआर्जनको धन्दामा लागेका घटना एकपछि अर्को गर्दै आइरहेका छन् । नेपाली समाजका शीर्ष भनिनेहरू कुनै न कुनै प्रकरणमा जोडिएका छन् । पछिल्लो बालुवाटार जग्गा प्रकरणमा मुछिएका माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई शीर्ष नेताले जोगाउने प्रपन्च गरेको समाचार आएको छ । उच्च राजनीतिकस्तरबाट हुने यस्ता क्रियाकलाप विधिको शासनविरुद्ध छन् । बेइमामानी आचरणसँग जोडिएका छन् । सत्ता र भत्तासँग गासिएका छन् । मुलुकमा विधिको शासन छ भने दोषी जो कोही भए पनि उम्कन र उम्काउन हुँदैन ।
हरेक राजनीतिक दलका माथिल्लो तहका नेतृत्वमा लोभ, लालच र स्वार्थले काम गरेको प्रस्ट देखिन्छ । यस्तो प्रवृत्ति भएको नेतृत्वको भजन गाउने कार्यकर्ता र समर्थकका कारणले मुलुकमा भ्रष्टचार व्याप्त छ । विधिको शासन हराएको छ । भ्रष्ट नेतृत्वलाई खबरदारी गर्ने समाज र कार्यकर्ताको अभावका कारण नेपाली विकास र सुशासन एकादेशको कथा भएको छ । नेतृत्वमा जुन जोगी आए पनि कानै चिरेका भने झैं भएको छ । जो सरकारमा गए पनि ‘ढंग न ढाल खानको काल’ जस्तो भएको छ ।
लोभ, लालच र स्वार्थमा चुर्लुम्म डुबेको शीर्ष नेतृत्व तथा तिनका भजन गाउने कार्यकर्ता र समर्थकका कारण देश भ्रष्टाचारले आक्रान्त छ
हाम्रो देशमा राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने दुष्कर्म राजनीतिक इतिहासको पुरानो रोग हो । यो रोगले लोकतन्त्र, गणतन्त्र, जनतन्त्र जे भनिएता पनि छाडेको छैन । भ्रष्टाई कारबाही गर्नुको साटो उनीहरूको मुद्दालाई राजनीतीकरण गर्ने अभ्यासले देशमा सुशासन हराएको छ । भ्रष्टाचार बढ्दै गएको छ । मुलुकमा विधिको शासन पालना गर्न राज्य सक्षम नभएकाले राजनीतिक संक्रमणको आडमा गैरकानुनी काम गरी धनआर्जन गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको देखिन्छ । कुइन्टलको मात्रामा सुनको तस्करी हुनु भनेको कमजोर राज्य संयन्त्रको संकेत हो । राजनीतिक शक्तिको आडमा आप्mना दल वा गुटका कार्यकर्ताले गर्ने आर्थिक अनियमिताप्रति उच्च पदस्थ व्यक्तिले आँखा चिम्लिँदा राजनीतिप्रति आमनागरिकको धारणा नकारात्मक बन्दै गइरहेको छ ।
नेपाली समाजमा राजनीतिक इतिहासको अध्ययन गर्दा विपक्षीको खेदो खन्ने, खुट्टा तान्ने तर आप्mनो दल वा समूहको बचाउ गर्ने नितान्त अविवेकी अभ्यास भइरहेको देखिन्छ । भीमसेन थापाको पालादेखि राणाकाल, २००७ देखि १७ साल बिचको प्रजातान्त्रिक समय, ३० वर्षे पञ्चायती व्यवस्था र प्रजातन्त्रको पुनस्र्थापना २०४६ साल पछाडिका ३३ वर्षको राजनीतिक अभ्यासले समूहगत विभाजन, द्वन्द्व, कलह, वेमेल, अवसरवाद, पदलोलुपता जस्ता कुराहरू व्याप्त छन् । प्रजातन्त्रको पुनस्थापना पछाडि निर्वाचन आयोगमा च्याउ उम्रिए झैं दर्जनौंको संख्यामा राजनीतिक दल दर्ता भएका छन् । हरेक राजनीतिक दलमा सानो वा ठुलो संख्यामा जनताहरू पनि बाँडिएका छन् ।
‘आप्mनो आङको भंैसी नदेख्ने तर अरूको आङको जुम्रा पनि देख्ने’ भन्ने लोकोक्ति नेपाली राजनीतिमा चरितार्थ भएको छ । जसको कारण राजनीति सुशासन र विकासमा जोडिन सकेन । केही दर्जन कार्यकर्तालाई भजन मण्डली बनाएर ताली बजाउन लगाउने, स्टन्टबाजी गर्ने, मेडिया प्रयोग गर्ने र आपूm र आप्mनो राजनीतिक दल अरूभन्दा अब्बल रहेको शब्दजाल प्mयाक्ने नेताहरू, र जे भने पनि उनीहरूको भजन गाउने कार्यकर्ताहरू विकास र सुशासनका बाधक हुन् । समाजका ऐजेरू हुन् ।
अहिले निःस्वार्थ भई समाज र देशको हितमा काम गर्ने नेतृत्वको अभाव छ । राजनीतिमा स्थानीय तहदेखि केन्द्रसम्म आप्mनो स्वार्थ सिद्घगर्नेको बिगबिगी छ । देशमा असल काम गरेर सुनाम कमाउने राजनेताको अभाव छ । सत्ता, शक्ति र सुविधामा रमाउने राजनीतिक चरित्र र गल्ती काम गरे पनि उसको भजन गाउन नछोड्ने कार्यकर्ता तथा बारम्बार भ्रष्ट अनि असफल नेतृत्वलाई मतदान गर्ने जनताका कारण देश बर्वाद भएको छ । मतदाताहरूले विवेक नपुराउँदा दसकौंदेखि असफल नेतागण फेरि पनि सत्तामा पुगेका छन् । तीन दशकसम्म राज्यमा रजाइ गरेका यिनीहरूबाट सुशासन र विकास सम्भव छैन भन्ने राजनीतिक विश्लेषकको टिप्पणी नेपाली मतदाताले पत्याएनन् । २०७९ सालको निर्वाचनमा ‘नो नट् अगेन’का पात्रहरू पुनः निर्वाचित भएर आए । अहिले उनीहरू नै सत्तामा छन् । उनीहरूसंग जे छ देश र जनतालाई त्यही नै दिने हुन् । उनीहरूको भिजन, मिसन र एक्सनले देश अगाडि बढ्न नसक्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । तर पनि भजन मण्डलीको ताँती चिनीमा कमिला झुमिए झंै झुमिएको देख्दा आठांै आश्चर्य लाग्दछ ।
लोकतन्त्रका मुख्य सञ्चालकहरू लोकतान्त्रिक नभएकोले समाजका हरेक क्षेत्रहरूमा सकारातमक प्रभाव हुन सकेको छैन । राजनीतिमा सत्कर्म गर्ने चिन्तन र निःस्वार्थ भावना हराउँदै गएको छ । राजनीतिमा ‘मैखाऊँ मै लगाऊँ, सुख सयल वा मोज म गरूँ । मै बाँचु मै नाँचु अरू सबै मरून् दुर्वलहरू’ भन्ने चिन्तन र व्यवहार प्रस्ट देखिन्छ । भ्रष्टाचारीलाई जोगाउने नेतृत्व र उनीहरूको भजन गाएर भोजनको व्यवस्था गर्ने हरेक राजनीतिक दलका कार्यकर्ताको राइदलो रहुन्जेल मुलुकमा सुशासन र विकास सम्भव छैन ।
राजनीतिका उच्च पदस्थ व्यक्ति एवं व्यक्तित्वले भोजन गर्दा कालेकाले मिलेर खाम भालेको नीति अख्तियार गरेका छन्
राजनीतिक क्षेत्र भोजनको व्यवस्था गर्ने रणनीतिको सिकार बनेको छ । देशमा भएका पटक पटकका राजनीतिक परिवर्तनहरूलाइ ंस्थागत हुन नसक्नुका पछाडि पनि नेतृत्वको भ्रष्ट मति नै हो । राजनीतिक ग्यालेक्सीमा क्षमता र योग्यताविना नै पद वितरण गर्ने र आप्mनो भजन गाउन लगाउने प्रवृत्तिका कारण देशका हरेक क्षेत्रहरू कमजोर भएको अवस्था छ । मेरिटोकक्रेसी, राजनीतिक, सिद्घान्त र दृष्टिकोण गौण भएको छ । हरेक राजनीतिक पार्टीहरूका वीचमा घात, अन्तरघात, प्रतिघात हुंदै आपसी खिचातानी र स्वार्थले काम गरेको छ ।
राजनीतिक दलहरूका बीचमा विकास र सुशासनको लागि समझ्दारी, सहमति र सहकार्यको हुदैन । देश विकास गर्ने अभियानमा दल एकै ठाउँमा उभिन सक्दैनन् । पार्टीभित्र आफ्नै दलमा पनि गुटफुट, स्वार्थ र तनावबिच सरकार बनाउने र गिराउने खेलहरू भइरहन्छन् । कसरी सत्तामा जाने र टिक्ने रणनीतिभित्र नै राजनीति अल्झिएको देखिन्छ । संसदमा विकास निर्माणका योजना बनाउने, जनताका आवाजलाई सम्वोधन गर्ने र सुशासन कायम गर्ने सांसद आन्तरिक घात, प्रतिघात र अप्रजातान्त्रिक चरित्रमा उत्त्रन्छन् । महिनौसम्म संसद चल्दैन । हाजिर गरेर भत्ता पचाउन हिचकिचाउँदैनन् । यस्तो, राजनीतिक संस्कार भएका दल र यिनका नेताले देश कसरी सञ्चालन गर्न सक्दछन् ?
राजनीतिक अभ्यास यस्तो अनुदारवादी र स्वार्थकेन्द्रीत यात्रामा अगाडि बढ्दै जानुमा राजनीति आय आर्जनन गर्ने अवसरको खेल मैदान भएकोले हो । राजनीति सेवाको क्षेत्र भएको भए हरेक दलका पछाडि कार्यकर्ता लाम लागेर नेताको गणेश परिक्रमा गर्ने थिएनन् । अराजक गतिविधि गर्ने र कामभन्दा कुरा धेरै गर्ने नेताहरूलाई कार्यकर्ताको साथ सहयोग हुने थिएन । भजन गाएकै भरमा घर, परिवार, नाता, गोताको भोजन व्यवस्था हुने भएकाले नेताको भजन गाउनु भनेको एउटा पेसा जस्तै भएको छ । जुन पेसाका लागि न त शैक्षिक योग्यताको खाँचो हुन्छ । न त लोकसेवा वा अन्य सेवा आयोगहरू उत्रीर्ण गर्नुपर्छ ।
अब नेपाली समाजको चिन्तन बदलिन आवश्यक छ । हामीहरू कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता हुनुभन्दा पहिले स्वतन्त्र र सार्वभौम देशका नागरिक हौं भन्ने कुरा गहिरोसँग बुभ्mन जरूरी छ । बुझौं । नेतृत्वले राजनीतिक स्वार्थका लागि नागरिकलाई भाँड्दा भाँडिनुहुँदैन । नभाडियांै । राजनीतिक विश्वास र आस्थाका आधारमा नेपाली दाजुभाइ तथा दिदीबहिनीबिच झाँगिएको आपसी सबन्ध समेत बिग्रिएको छ, नबिगारौं । असक्षम र भ्रष्ट दल र नेता विशेषलाई सामाजिक बहिष्कार गर्नुपर्छ । गरौं । देश र जनताको हितमा काम गर्नेलाई समर्थन गरौं । लोकतान्त्रिक समाजमा दोष र गुणको आधारमा आलोचना र समर्थन गर्नपर्छ र यसै गरौं । भोजनका लागि भजन नगाऔं । सचेत नागरिक बनौं ।






