२३ वर्षपछि पोखरामा बाघजात्रा देखाइँदै

फाइल फोटो ।

पोखरा । पोखराका जवाहरलाल श्रेष्ठ अहिले अलिक व्यस्त छन् । २३ वर्षपछि पोखरामा यही भदौ १८ देखि २० सम्म फेरि बाघजात्रा ब्युँताउन उनलाई आयोजक समिति संयोजक तोकिएको छ ।

पोखरामा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा हुँदै आएका छन् । तर ती जात्राको तुलनामा बाघजात्रा कम भएको महसुस गरी २३ वर्षपछि ३ दिनसम्म सहरका विभिन्न भागमा बाघजात्रा निकाल्न अन्तिम तयारी गरिएको श्रेष्ठले बताए ।

गत वर्ष मात्र पोखराका नेवारी समुदायले हरेक ६ वर्षमा देखाउने बाह्रभैरव नृत्य प्रस्तुत देखाएका थिए । बाह्रभैरवले साढे २ सय वर्ष पुरानो इतिहास बोकेको छ । ‘बाघजात्राको पनि कम्ता महत्व छैन,’ बाघजात्रा आयोजक समिति संयोजक श्रेष्ठले ।

बाघजात्रा पछिल्लो समय २०५७ सालमा मोहरियाटोलले आयोजना गरेको थियो । त्यसपछि निकालिएको थिएन । यसपटक पोखरा महानगरपालिका तथा नेवाः खल कास्कीको संरक्षकत्वमा निकाल्न लागिएको हो । विशेष नेवारी समुदायले निकाल्ने जात्रा भए पनि यी नेपालका सम्पती हुन् र पर्व वा जात्रा नेपालीका साझा हुन् । संयोजक श्रेष्ठले भने, ‘बाघजात्रामा नेवारी समुदायसंगै अन्य जातजातिको सहभागिता हुँदैछ । अब यसलाई प्रत्येक ६ निरन्तरता दिने लक्ष्य राखिएको छ ।’

यसपटक बाघजात्रालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य तथा वडाहरु र नेवाः खलः कास्की अन्तर्गत रहेका भातृसंस्थाहरु तायाःमचा समिति, कचा खलः, ल्याम्ह पुच तथा मिसा पुचहरुको सहयोग रहने आयोजकले जनायो ।

यसपालि बाघजात्राका लागि मुस्ताङबाट आलंकारिक राजारानी, मगर समुदायका अगुवा आउने तयारी छ । नेपाली सेनाबाट जगेडामा रहेका सैनिक पोशाक उपलब्ध भएका छन् । यस्तै शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्य मिलाइएको छ । भक्तपुरबाट स्थानीय जात्रा घिन्ताघिसिको ५० जनाको टोली पोखरा आउने भएको छ ।

बाघजात्रा पनि पुरानै किंवदन्तीमा आधारित छ । त्यस समय बाघ बस्तिमापसेर सताउन थालेपछि राजाले जनतालाई बचाउन उसलाई बस्तीबाट भगाउन वा मार्न हुम गरेका कुराहरु बाघजात्रामा बाजाको तालसँगै देख्न पाइने आयोजक समिति सचिव सुनिल उलक बताउँछन् । बाघजात्रा देखाउन कम्तीमा ३ सय सहभागी हुने छन् ।

बाघजात्राको संरक्षक संस्था नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखेले हाम्रा चाडपर्वहरुमा सबैको सहभागिताले मनाउने परम्परा बढेको बताए । उनले बाघजात्रालाई महोत्सवको रुपमा लिनुपर्ने र पर्यटनसँग जोडेर लैजान आवश्यक भएको बताए ।

उलकले पौराणिककालमा राजाहरुको पालाबाटै यो जात्रा देखाउने चलन बसेको बताए । उनी भन्छन्, ‘उहिले राजाहरुले जनता कसैलाई दुःख, समस्या परेको खण्डमा त्यसको समाधानका लागि विभिन्न नियम र चलन बसाएको पाइन्छ ।’

पहिलो दिन भदौ १८ गते नेवाः छेबाट बाघजात्रा सुरु भई २ दिनसम्म पोखरा सहरमा बाघजात्रा देखाइने छ । अन्तिम दिन भदौ २० गते पोखरा रंगशालामा औपचारिक रुपमा बाघलाई कलात्मक बाजाको तालसँगै मारेर रमाइलो गरेर समापन गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते