Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ५धुर्कोटका अति विपन्न ६० परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान

धुर्कोटका अति विपन्न ६० परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान

,
sharethis


गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ वाग्लाबाट राहत वितरण सुरु गरिएको हो । मंगलबार वाग्लाका ६० अति विपन्न वर्गलाई गाउँपालिकाले प्रति परिवार २५ किलो चामल, पाचँ किलो आलु, एक किलो नुन र एक पोका तेल वितरण गरेको वडाध्यक्ष हिम प्रसाद पन्थीले जानकारी दिए । जसमा अपाङ्ग र एकल महिला सात÷सात जना, एकल पुरुष पाचँजना, ज्येष्ठ नागरिक तीनजना, अनाथ बालबालिकाको संरक्षक तीनजना तथा विपन्न वर्गका ३४ जना रहेका छन् ।

यसरी कुल एक हजार पाचँ सय किलो चामल, तीन सय किलो आलु, ६० किलो नुन र ६० पोका तेल वितरण गरिएको पन्थीले बताए । गाउँपालिकाले तयार पारेको विधिका आधारमा विपन्न परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए । राहत वितरणमा निश्चित दुरी कायम गरिएको थियो । गाउँपालिकाले अब सबै वडामा क्रमैसँग अति गरिब तथा विपन्न परिवारलाई यसैगरी राहत उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । जसका लागि सबै वडामा रहेका गरिब तथा विपन्न वर्गको तथ्याङ्क संकलन भइरहेको उनले बताए ।
गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले गरेको ‘लकडाउन’ बाट प्रभावित हुने परिवारको लागि सहयोगको अपिल गरेको थियो । जसमा अहिलेसम्म पाचँ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । भने केहि खाद्यान्न पनि संकलन भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

जसअन्तरगत वडा नम्बर ४ जैसिथोक निवासी राजन केसिले २५ किलो चामल, दाल, तेल र नुन दुई÷दुई किलो, पाचँ पोका सोयाबिन तथा लुगा धुने र नुहाउने छ÷छ वटा साबुन प्रदान गरेका छन् भने धुर्कोट ७ वाग्लास्थित युवराज घिमिरेले ५० किलो चामल, १० किलो नुन, १० लिटर तेल र १० वटा साबुन प्रदान गरेका छन् ।

गाउँपालिकाले विपन्नलाई परिवारलाई ‘क’ र ‘ख’ गरी दुई वर्गमा विभाजन गरेको छ । जसअन्तरगत अपाङ्ग भई कुनै काम गर्न नसक्ने, परिवारमा कुनै सदस्य कुनै पेशा व्यवसायमा संलग्न नभएको तथा एकल महिला र पुरुष, दीर्घ रोगि भई काम गर्न नसक्ने, आम्दानीको स्रोत नभएको ५० बर्षभन्दा माथिको नागरिकलाई पनि गाउँपालिकाले ‘क’ वर्गमा राखेको छ । परिवारका कुनै सदस्यको नियमित आम्दानीको स्रोत नभई ज्यालादारी रुपमा काम गर्ने, लकडाउनका कारण आम्दानीको स्रोत रोकिएको तथा घरमा खेतियोग्य जमिन कम भएकोलाई ‘ख’ वर्गमा वर्णिकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिँराम पन्थीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

आजको समाचार

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

साताका लोकप्रिय समाचार

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

नेपाल रत्न स्व. कृष्णप्रसाद भट्टराइलाई

  काठमाडौं ।सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण पाँच सय बढीलाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा...

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

ट्रेन्डिङ

आठ महिनापछि खुल्यो चिडियाखाना

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत...

यसरि मापन गरिएको थियो सगरमाथाको उचाई

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर पुगेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)