पाँच वर्षपछि पर्दामा रेखा, नयाँ वर्षमा चलचित्र

काठमाडौं । अभिनेत्री रेखा थापा आधा दशकपछि चलचित्रमा फर्किएकी छन् । उनी यतिबेला चलचित्र ‘उपहार’को छायांकनमा व्यस्त छिन् । उनले यस चलचित्रको रिलिज मितिसमेत घोषणा गरेकी छन् । चलचित्र उपहार आगामी २०८१ को नयाँ वर्षमा रिलिज हुने भएको छ । उनले आफ्नो चलचित्रको छायांकनसँगै रिलिज मितिसमेत यतिबेला घोषणा गरेकी छन् ।

यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरिरहेका छन् । ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको अभिनय छ । अभिनेत्री रेखा र पूजा पहिलोपटक पर्दामा सँगै देखिने भएका छन् । ‘उपहार’लाई आगामी नयाँ वर्षमा रिलिज गरिने यस चलचित्रका वितरक करण श्रेष्ठले बताए ।

२०८१ सालको नयाँ वर्षमा अर्को नेपाली चलचित्र ‘डिग्री माइला’ पनि रिलिजको घोषणा यसअघि नै गरिएको छ । यसरी सोही मितिमा अब दुई चलचित्र रिलिज हुने भएका छन् । दयाहाङ राईको डिग्री माइला र रेखा थापाको उपहार एकै दिन रिलिज हुने भएका छन् । यसअघि रेखा थापाको चलचित्रमा दयाहाङले अभिनय गर्ने कुरा थियो । तर, दयाहाङले समय दिन नसकेपछि मुकुन भुषाललाई रेखा थापाले आफ्नो चलचित्रमा लिएकी हुन् । चलचित्र ‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहनेछ । यसरी आगामी नयाँ वर्ष आउन अझै सात महिना बाँकी हुँदा सो मितिमा चलचित्र रिलिजको घोषणा सुरु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत