काठमाडौं । तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड आगामी २६ कात्तिकमा मलेसियाको जोहरबारुमा हुने भएको छ । नेपाली गीतसंगीत, चलचित्र तथा फेसनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उद्देश्यसहित यसपटक यो अवार्ड मलेसियामा आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष एवं चलचित्र÷म्युजिक भिडियो निर्देशक उमेश गुरुङले जानकारी गराएका छन् ।
तीन वर्ष अघिबाट सुरु भएको यो अवार्डको मलेसियामा आयोजन गर्ने तयारी तीव्र गतिमा भइरहेको पनि आयोजक गुरुङले जानकारी गराएका छन्, ‘कोरोनापछि नेपाली गीतसंगीत तथा चलचित्रको बजार विश्वव्यापीरूपमा फैलिरहेको छ । यसैक्रममा मलेसियामा रोजगारीको सिलसिलामा धेरै नेपालीहरू रहनुभएकाले त्यहाँ हाम्रो गीतसंगीत र सिनेमालाई अझ प्रवर्धन गर्न यो अवार्ड मलेसियामा गर्न लागिएको हो ।’
आगामी लक्ष्मीपूजाको दिन मलेसियामा रहेका नेपालीबिच सांगीतिक प्रस्तुतिसँगै यो अवार्ड आयोजना गरिने पनि आयोजक गुरुङले जानकारी गराएका छन्, ‘तिहारको शुभकामना आदनप्रदानसहित नेपालीबिच रमाइलो गर्दै अवार्ड कार्यक्रम सम्पन्न गर्ने छौं । त्यहाँ यो कार्यक्रम सफलताका साथ सम्पन्न गर्न मलेसियाका आयोजक साथीहरू तीव्रगतिमा लागिरहनुभएको छ,’ उनले भने ।
मलेसियामा यो अवार्डको आयोजक टोलीका सल्लाकारमा पूर्ण सुब्बा योङहाङ रहेका छन् । अवार्डको मलेसिया आयोजक टिममा एनआरएन मेलेसिया युवा संयोजक राजु तामाङ, पत्रकार ईश्वर राई रहेका छन् ।
अवार्ड आयोजक मलेसियाका सल्लाहकार पूर्ण सुब्बा योङहाङले भने, ‘हामी बृहतरूपमा अवार्ड सम्पन्न गर्न जुटिरहेका छौं । दुई दिन भित्रै जोहरवारुमा अवार्ड आयोजक समिति गठन गरेर सो समिति एक्सनमा उत्रने छ ।’ अवार्ड समारोहमा मलेसियामा रहेर गीतसंगीत, सामाजिक कार्य तथा विभिन्न क्षेत्रमा योगदान दिएका नेपालीलाई पनि विशेष योगदान सम्मान गरिने समेत सल्लाहकार पूर्ण सुब्बा योङहाङले जानकारी गराए ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै अवार्ड’bout जानकारी गराइयो । अवार्डका लागि बिहीबारबाटै फारम खुला गरिएको र आगामी ११ असोजसम्म फारम भरिसक्नुपर्ने छ । आगामी असोज १५ मा अवार्डको मनोनयन सार्वजनिक गरेर मनोनयनमा परेकाका लागि मलेसिया जाने प्रक्रिया सुरु गर्ने पनि उनले जानकारी गराए । बिगत झैं यसपटक पनि गीतसंगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाइने छ । २०७९ साउनबाट २०८० भदौ अन्तिमसम्म सार्वजनिक भएका गीतसंगीत, चलचित्र, म्युजिक भिडियो, फेसन, मोडलिङ अवार्डमा सहभागी हुन पाउने पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।