(जतिखेर चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो, सोही समयमा वुहानमा नै थिए नेपाली चिकित्सक डा. रमेश आचार्य । उनले कोरोनालाई चीनले कसरी नियन्त्रण गर्न सफल भयो भन्ने ’boutमा सुरुदेखि नै नियाल्दै आइरहेका छन् । कोरोना भाइरस तथा रोकथामका उपाय’boutमा अध्ययन गर्दै आइरहेका डाक्टर आचार्यसँग चीनले पाएको सफलता तथा नेपालमा यसको जोखिम र समाधानलगायतका विषयमा राजधानीले गरेको छोटो कुराकानीको सम्पादित अंश)
चीनले कोरोना भाइरस नियन्त्रणमा कसरी सफलता हासिल गर्न सक्यो ?
– चीनले वुहान, हुवेई प्रान्तका सबै सहर लकडाउन गरेपछि मास स्क्रिनिङ ग¥यो । चीनका वुहान र हुवेई प्रान्तका अन्य सहरबाट गएका सम्पूर्ण नागरिकलाई लकडाउनपछि अनिवार्य रूपमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने नीति लागू गरी सम्पूर्ण आशंकित र संक्रमितका घरघरमा रातो स्टिकर टाँसी सबै नागरिकलाई घरभित्र बस्न अनिवार्य गरियो । जसको परिणाम आज राष्ट्रपति सी चीन फिङ र चिनियाँ जनताको अनुशासन, धैर्यता र सामूहिक प्रयासस्वरूप चीनले कोरोनालाई नियन्त्रयणमा राख्न सफल भएको हो ।
चीनले चालेका महŒवपूर्ण कदम के कस्ता छन् ?
– चीनले चालेका महŒवपूर्ण कदममा सम्पूर्ण सहर लकडाउन गरियो भने विमानस्थल, बस, मेट्रो, ट्रेन, सुपर मार्केट, ठूला भोजनालय, पार्क, सम्पूर्ण सरकारी तथा निजी कम्पनी बन्द भए । नागरिकलाई घरभित्रै रहन भनियो । शंका लागेका बिरामीलाई ज्वरो क्लिनिक, खोकी क्लिनिक, छुट्टै आइसोलेसनको व्यवस्था, रातारात अस्पताल निर्माण, राताराता मास्क, सर्जिकल र भेन्टिलेटरको उत्पादन र निर्माण गरियो । चीनका क्रिटिकल केयरका डक्टर, नर्स र एक्सपोर्ट टिम वुहान प्रस्थान गरे । एक–एक घण्टामा सजगता र सतर्कता अपनाउने काम भयो । सामाजिक सञ्जाल र टेलिभिजनमार्फत सूचना प्रवाह प्रभावकारी बनाइयो । सबै तहका चिकित्सक, नर्स, चालक, सुरक्षाकर्मीलाई पीपीईको अनिवार्य प्रयोग गर्न लगाइयो, जसका कारण चीनले कोरोनालाई नियन्त्रणमा लिन सफल भयो ।
चीनको सफल अनुभवबाट नेपालले सिक्नुपर्ने पाठ के हो ?
– चीनमा डक्टर, नर्स, चिनिया जनताको अनुशासन, चीनको टेक्नोलोजी र चीनका वैज्ञानिकको ज्ञान, सीप र अनुभवलाई हामी नेपालमा प्रयोग गर्न र सिक्न सक्छौं ।
नेपालमा महामारी फैलिन सक्ने जोखिम कस्तो छ ?
– नेपाल सरकारले गरेको लकडाउन, सीमा नाका बन्द र विमानस्थल बन्दले नेपालमा महामारी फैलिन सक्ने सम्भावना अत्यन्तै न्यून छ । तर, यस लकडाउनमा चीनमा जसरी नै तल्लो तहसम्म तीन सातासम्म नफैलिएमा चौथो साताबाट खोल्दा केही फरक पर्दैन । तर, भारतको सीमा नाका र विमानस्थल तत्काल खुलाउनुहुँदैन ।
नेपालमै बस्दै आएका कसैलाई पनि हालसम्म कोरोनाको संक्रमण भेटिएको छैन नि ? यसलाई सकारात्मक रूपमा लिन सकिदैन र ?
– यस स्थितिले नेपालमा कोरोनाको महामारीको सम्भावना अन्यन्तै कम देखिन्छ । यसलाई खुसीका रूपमा लिन सकिन्छ । तर, सतर्क भने हुनैपर्छ ।
युरोप र अमेरिकामा महामारीले उग्र रूप लिँदै जानुमा मुख्य के कारण होला ?
– चीनमा महामारीको रूप लिँदा युरोप र अमेरिकाका सरकार, वैज्ञानिक, चिकित्सक सबै कानमा तेल हालेर बसे । उनीहरूले न्यूनतम पूर्वतयारी गरेनन् । सतर्कता र सजगताका उपायमा गम्भीर लापारवाही भयो । त्यसैको परिणाम अहिले ती देशमा देखिएको हो ।
नेपाल सरकारले चाल्नुपर्ने अबका महŒवपूर्ण कदम केके हुन सक्लान् ?
– पहिलो भारत र नेपालको बोर्डरलाई भारतमा शून्य संक्रमण नहुँदासम्म बन्द गरिरहनुपर्छ । अन्य देशमा संक्रमणको संख्या शून्य नहुँदासम्म विमानस्थल बन्द गरिरहनुपर्छ । नेपालभित्र सम्पूर्ण शंकास्पद बिरामीको पीसीआर टेस्ट गर्ने, चिकित्सक, नर्स, नेपाल प्रहरी, चालक र फ्रन्ट लाइनमा रहने सबैलाई अनिवार्य पीपीईको प्रयोग गर्न लगाउनुपर्छ । संक्रमणको संख्या बढेमा कम्तीमा १० किलोमिटर टाढा कोभिड–१९ को अस्थायी अस्पताल निर्माण गर्ने, सबै प्रदेशमा पीसीआर टेस्टको प्रयोगशाला सञ्चालन गर्ने, तथा हामी सम्पूर्ण नागरिक अनुशासित भई घरमा बस्नुपर्ने हुन्छ । संक्रमण बढेको खण्डमा चिनियाँ चिकित्सक र नर्सको टिमलाई समेत बोलाउनुपर्छ ।
नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको झन्डै साढे दुई महिना बित्न लागिसकेको छ । त्यसयता थप चार जनामा मात्रै देखियो । यसले हामी केही सुरक्षित छौं भन्ने देखाउँछ हो ?
– नेपालको हावापानी, नेपालीको रोग प्रतिरोधात्मक क्षमता र खानपान तथा दृढ इच्छाशक्तिका कारण पनि हामी सुरक्षितजस्तो देखिएका छौं । तर, न्यूनतम १० हजार पीसीआर टेस्ट नभई हामी पूर्ण रूपमा सुरक्षित छौं भनेर भन्न सकिँदैन ।






