जैन दिपिका ग्यारेटलाई मिस युनिभर्सको उपाधि

काठमाडौँ । जैन दिपिका ग्यारेटले मिस युनिभर्सको उपाधि जितेकी छन् । उमंग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिकाले हात पारेकी हुन् ।

गोदावरीको कन्फेन्स सेन्टरमा आयोजित एक समारोहका बिच मिस युनिभर्स २०२३ को फिनालेमा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै जैन दिपिका ग्यारेट विजयी भएकी हुन । त्यस्तै, फष्ट रनरअप गरिमा घिमिरे, सेकेन्ड रनरअप, बुद्धिसारा सुनारा, तेस्रो रनरअप सितास्मा पोख्रेल र चौथो रनरअप अभिलासा लम्साल भएका छन् ।

विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिराएकी थिइन । प्रतियोगितामा प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको थियो ।

निर्णायका रूपमा रवि राजकर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योति रहेका थिए । प्रतिस्पर्धीहरूलाई विभिन्न १२ विधामा पुरस्कृत गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ