सुवासचन्द्र नेम्वाङप्रति समर्पित

सरोज मिश्र

सर्वप्रथम यो आलेख तयार गरिरहँदा नेपालको पत्रकारिता क्षेत्रमा प्रचलित दुई परम्परा तोडिँदै छ भन्ने विनम्र घोषणा गरिँदै छ । पहिलो, आदरार्थी शब्द प्रयोग नगरी जसलाई पनि ‘उनी’ र ‘गरे, भने’ भनेर सम्बोधन गर्ने प्रचलनभन्दा यो आलेख फरक छ । कम्तीमा समकालीन नेपाली समाजका दिवंगत आदरणीय बीपी कोइरालाप्रति आदरार्थी शब्द प्रयोग गरिँदै छ । दोस्रो, प्रथम पुरुषको भाषा अर्थात् ‘म’ इत्यादिको पनि यदाकदा प्रयोग हुँदै छ । यस क्रमभंगताका लागि सुरुमै माफी माग्नु ठीक होला ।

स्वर्गीय बीपी कोइरालाले कुनै प्रसंगमा एउटा अत्यन्तै विचारोत्तेजक भनाइ राख्नुभएको थियो । उहाँका भनाइ शब्द नभए पनि भावचाहिँ प्रस्तुत गर्दै छु । उहाँले भन्नुभएको थियो, ‘कुनै पनि व्यक्तिको मूल्यांकन गर्दा ऊसँग आफू सहमत वा असहमत छु भन्ने हिसाबले हेर्नुहुन्न । जसको मूल्यांकन गरिँदै छ, उसैको ठाउँमा बसेर सोच्न सक्नुपर्छ ।’ बीपीले दिनुभएको उदाहरण ठ्याक्कै उतार्न त सकिएन तर उहाँका भावना यहाँ दोह¥याउँदै छु ।

आज अत्यन्तै आधुनिक मानिने परिधान टाई सुटमा सज्जिएको एउटा नेपाली भेटिन्छ । कुनै दैवी कारणले होला तीन जना दिवंगत महान् व्यक्तित्व नेपालमा अवतरित भएर भ्रमण गर्ने क्रममा हुन्छन् र उनीहरूले ती आधुनिक नेपालीलाई पालैपालो भेट्छन् † पहिलो आत्मा हुन्, कार्ल माक्र्स । माक्र्सले ती सज्जन नेपालीसँग भेट्छन् र वार्तालाप गर्छन् । त्यस व्यक्ति’bout माक्र्सको निष्कर्ष यस्तो हुन्छ, ‘नेपालजस्तो गरिबीले व्याप्त मुलुकमा यो मानिसको परिधान र बोली व्यवहार हेर्दा स्पष्ट हुन्छ कि यो सम्भ्रान्त वर्गमा पर्छ र वर्गीय चरित्रका कारण यो शोषक हो । दोस्रो आत्मा अर्थात् चाल्र्स डार्बिनले पनि यो मानिससँग वार्तालाप गर्न भ्याउँछन् । डार्बिनको निक्र्याैलमा यो मानिस मानवजातिको विकासको अनुपम उदाहरण हो । पानीबाट जमिनमा घस्रने जीव हुँदै बाँदर अनि वन मानिससम्म बनेर जीव वर्तमान मानव स्वरूपमा आए । सुरुमा त सबै नांगै हिँडडुल गर्थे । विस्तारै स्याउला इत्यादि भिर्ने भए । अब त टाई सुट लगाउन जान्ने भयो । तेस्रो सिग्मन फ्रायडको आत्माले पनि यी व्यक्तिसँग भेटघाट गर्छन् । यस मानव’bout फ्रायडको निष्कर्षचाहिँ पूरै अर्कै हुन्छ । यो मानिसको यस्तो राम्रो र आकर्षक परिधानको पछाडि एउटै उद्देश्य छ र त्यो हो विपरीत लिंगी अर्थात् स्त्रीलाई आफूतर्फ आकर्षित गर्नु । यी व्यक्तिलाई भगवान् श्रीकृष्ण वा गौतमबुद्ध अथवा आजका मितिमा देवगुरु वृहस्पतिले भेटे के भन्लान् ? कल्पना गर्नोस् !

केन्द्रित रहौं उल्लिखित तीन आत्मामै । के तपाईं यी भद्र देखिने आधुनिक नेपाली सज्जन’bout यी तीन महापुरुषका मूल्यांकनप्रति सहमत हुनुहुन्छ ? असहमत हुने वा आंशिक रूपमा सहमत हुने अधिकार तपाईंको एकक्षणका लागि मान्नोस् तपाईंलाई लाग्छ, फ्रायडको मत पूरै वाहियात हो । तपाईंलाई लाग्यो, टाई सुटमा सजिएका यी भद्र पुरुषको दिमागमा यौन आकर्षणको विचार आएको हुनैसक्दैन । अब के तपाईं फ्रायडलाई पटमूर्ख ठह¥याउनुहुन्छ ? कार्ल माक्र्सको सम्पूर्ण दर्शन नै शोषक र शोषित अनि वर्गसंघर्षसँग जोडिएको अर्थराजनीतिमा आधारित छ । डार्बिनले सम्पूर्ण जीवन जीव विकासक्रमको अध्ययनमा खर्चिए भने महान् मनोवैज्ञानिक फ्रायडको अध्ययनको मूल आधार नै विपरीत लिंगीबीचको यौन आकर्षण हो । यी तीनै आत्माले यी व्यक्तिलाई आआफ्नै दृष्टिकोणबाट हेरे र निष्कर्ष निकाले । त्यसकारण माक्र्स, डार्बिन वा फ्रायडको मूल्यांकन गर्दा उनीहरूले लगाएको जुत्ता र टोपी लगाएर गर्न सक्नुपर्छ, तपाईंको चस्माबाट होइन ।

संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आकस्मिक निधन भएको छ । यस्तो अवस्थामा नेम्वाङप्रति श्रद्धाञ्जलीका शब्द ओइरिनु स्वाभाविक हो । समाजका सबै क्षेत्रबाट यस्तै भइरहेको छ । तर, शोकको यस घडीमा सामाजिक सञ्जालमार्फत अत्यन्तै नकारात्मक टिप्पणी पनि देखिए । मुलुकमा धर्मनिरपेक्षता लादिएको विषय लिएर वा दुईपटकसम्म संसद् भंग हुँदासमेत चुइँक्क बोल्न नसकेको आदि इत्यादि विषय लिएर नेम्वाङ’bout नकारात्मक टिप्पणी गरेका पाइयो । यसो गर्नु सामान्य मानवीय संवेदनाको संस्कारविपरीत त हुँदै हो, चरम कुण्ठाको अभिव्यक्ति पनि हो ।

तपाईंलाई कुन कुरा मनपर्छ वा पर्दैन अथवा तपाईंको सहमति वा असहमतिका आधारमा कसैको मूल्यांकन गरियो भने त्यो नितान्त गलत हुन्छ । स्पष्ट रूपमा भन्ने हो भने त्यो व्यक्तिको परिवेश र निष्ठासमेत ध्यानमा राखिनुपर्छ । उसको ठाउँमा उभिएर ऊ कति अडिग र निष्ठावान् थियो भनेर बुझ्ने कोसिस गरिनुपर्छ । तपाईं उनको सिद्धान्त वा निष्ठाप्रति सहमत वा असहमत हुन सक्नुहुन्छ । कुनै ऐतिहासिक व्यक्तित्वलाई वर्तमानको आँखाबाट हेरेर मूल्यांकन गर्न थालियो भने त झनै भयंकर गल्ती हुनसक्छ ।

सुवासचन्द्र नेम्वाङ वामपन्थी राजनीतिक दर्शनबाट प्रेरित थिए । एक कानुन व्यवसायी थिए । उनी मृदुभाषी र विपरीत विचार पनि समाहित गर्न कोसिस गर्ने समन्वयकारी थिए । पूर्वी नेपालका किराँत थिए र मुन्धुम संस्कृतिका अनुयायी थिए । उनका यी बहुआयामिक व्यक्तित्वको समग्र पक्षका मिहिनतालाई बुझेपश्चात मात्र उनको सही र सकारात्मक मूल्यांकन हुनसक्छ । नेम्वाङ आफ्नो निष्ठा र परिवेशप्रति कति इमानदार थिए भन्ने महत्वपूर्ण कुरो हो । यी कुरामा सुवास नेम्वाङलाई खोट लगाउने कुनै आधार भेटिन्न ।

उनलाई धर्मनिरपेक्षता जबर्जस्ती लाद्ने व्यक्तिका रूपमा चित्रण गरेको पाइन्छ । प्रामाणिक ढंगले यो आरोप प्रमाणित भएको छैन । यदि, धर्मनिरपेक्षताका लागि उनलाई नै प्रमुख रूपमा जिम्मेवार मान्ने हो भने पनि उनले त्यसो किन गरे भनेर सोच्नु जरुरी छ । निष्ठाले वामपन्थी भएकाले उनले त्यसो गरेको भए त्यसलाई स्वाभाविक मान्नुपरेन र ? निश्चित रूपमा एउटा कर्मकाण्डी हिन्दूका आँखाबाट हेर्दा यो अक्षम्य अपराध साबित होला । तर, एक कम्युनिस्टका नाताले उनले जे गरे त्यो निष्ठा र विश्वासप्रतिको अडान मान्नुपरेन र ? एमाले अध्यक्ष केपी शर्मा ओलीसामु चुइँक्क बोल्न नसकेको भन्ने उनलाई लाग्ने गरेको आरोप केही हदसम्म सत्य पनि होला । तर, झिनो रूपमै भए पनि सुवासचन्द्र नेम्वाङले ओलीका कतिपय काम ‘गैरकानुनी’ भनेको सुनिएको पनि हो । जेसुकै भए पनि उनलाई लागेको यो आरोप ‘प्रासंगिकता हराउने डरले गर्नुपरेको सानो रणनीतिक सम्झौता’का रूपमा बुझेर बिर्सिदिन मिल्दैन ?

वर्तमान संविधान तर्जुमा गर्न र अन्तिम रूप दिन सुवासचन्द्र नेम्वाङले जुनखाले शालीन र समन्वयकारी भूमिका खेले त्यसका लागि उनलाई यथोचित श्रेय दिनैपर्छ । त्यस अर्थमा वर्तमान व्यवस्था र संविधानका समर्थकले उनलाई सम्मानजनक रूपमा याद गर्नु स्वाभाविक हो ।

उनलाई आआफ्नै ढंगले बुझ्नुभन्दा उनकै ढंगले बुझ्नु जरुरी हुन्छ र तत्कालीन परिवेशमा नै बुझ्नु आवश्यक हुन्छ । पारस खड्काले गीत गाउन जानेनन् वा दयाहाङ राईले क्रिकेट खेल्न जानेनन् भनेर आलोचना गर्न थालियो भने त्यो गलत हुन्छ । यसो गर्नेहरूले के हेक्का राख्नुपर्छ भने यस्तो परम्परा बस्यो भने स्वयं उनीहरूका आराध्य एवं पूजनीय पनि भयंकर आलोचनाको पात्र बन्न पुग्छन् । पृथ्वीनारायण शाहलाई नेपालीले नेपाल एकीकरणका लागि यथोचित सम्मान गर्छन् । तर, आजको परिभाषाबाट उनलाई अलोकतान्त्रिक, विस्तारवादी र बर्बर भनेर आलोचना गर्नु न्यायसंगत होला र ? त्यसबेला राज्य विस्तार स्वीकार्य प्रणाली थियो, लोकतन्त्रको आजको व्याख्या कसैको मन मस्तिष्कमा थिएन र युद्धमा बर्बरता एकप्रकारले प्रचलन नै थियो ।

सुवासचन्द्र नेम्वाङ सकारात्मक पक्षका कारण सम्झिनयोग्य छन् । वर्तमान व्यवस्था स्थापना र सुदृढीकरणमा उनको योगदान उल्लेखनीय छ । उनको भद्रता र शालीनता अनि समन्वयकारी भूमिका प्रशंसायोग्य छ । यतिका लागि पनि उनी सम्मानयोग्य पात्र हुन् । झन् अब त उनी शवमा परिणत भइसकेका छ्न् । शव भएपछि त्यो शिवको नजिक पुग्यो । शिवको स्तुति सर्वदा उचित छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने