महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीमा गैडाको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट कालिकिच मध्यवर्ती क्षेत्रको वनमा आएको गैडाको आक्रमणमा परी बेलडाँडी गाँउपालिका २ कालिकिचकि ५१ बर्षिया मोति कुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान जंगल छेउमै घर भएकी बुढा तरकारीका लागि च्याउ टिप्प जगल गएका बेला गैडाको आक्रमणमा परी उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकास डाँगीले बताए ।
गैडाको आक्रमण परेर उनको घटना स्थलमै मृत्यु भएको प्रवक्ता डाँगीले बताए । च्याउ टिप्न जाने क्रममा बेलमतीको गैडाको आक्रमणले मृत्यु भएको बताए । बेलमती संगै जंगल गएका अन्य दुई जना महिलाले भागेर ज्यान जोगाएका छन । गैडा र च्याउ टिप्न गएका महिलाहरु बिच भेटमै गैडाले बेलमतीमाथि आक्रमण गरेपछि उनको शरिरमा गम्भिर चोट लागेर मृत्यु भएको हो ।