वीरको क्यान्टीनमा बेसहारालाई नि:शुल्क खाना, ‘भोकै नबस्नुस हामी छौं’

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त भइरहेको र मुलुकका नीजि अस्पतालले संकास्पद बिरामी उपचार गर्न आनाकानी गर्दै आइरहेका बेला देशकै पुरानो अस्पताल ‘वीर अस्पताल’ को क्यान्टीनमा भने बेसाहारा बिरामीका लागि निशुल्क खाना दिन थालिएको छ ।

कोरोना सन्त्रासपछि अस्पतालमा बिरामी तथा बिरामीका आफन्तको ओहोर दोहोर बढेका बेला वीर अस्पतालका क्यान्टीन संचालकले भने ड्युटीमा रहेका डाक्टर, नर्स तथा अन्य सबै कर्मचारी, बिरामी, बिरामीका कुरुवा तथा अस्पतालमा बेसाहारा बनेकाहरुलाई २४ घण्टा सेवा दिंदै आइरहेका छन ।

क्यान्टीन संचालक अर्जुन अर्यालले सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवधिभर अस्पतालले बेसाहारा मानेर निशुल्क उपचार गराएका बिरामीका लागि आफूले निशुल्क खानाको व्यवस्था गरेको बताए । ‘अस्पतालले कुनै बिरामीलाई बेसाहारा मानेर निशुल्क उपचार गरेको छ भने त्यस्ता बिरामीलाई हामी लक डाउनको यो अवधिभर खाना पनि निशुल्क नै ख्वाउँछौं, अन्य सबै बिरामी र कुरुवाका लागि समेत हाम्रो क्यान्टीन खुल्ला छ, यो बेला सकेको गर्छौं,’ संचालक अर्यालले भने ।

उनले सडकमा खाना नपाएर भोकै बसेकालाई समेत आफूहरुले खाना ख्वाउने बताए । ‘सडकमा कोही भोकै भए आउनुस, हामी खाना ख्वाउँन तयार छौं, सबै पसल होटल बन्द भयो भनेर नआत्तिनुस कम शुल्कमा खाना ख्वाउँछौं, हामी खुल्ला छौं,’ अर्यालले थपे ।

क्यान्टीन संचालक अर्यालका अनुसार सधैझैं क्यान्टीनमा सादा खानाका लागि ७० रुपैंया लिने गरिएको छ । तर बेसाहाराहरुका लागि भने लक डाउनको अवधिभर सो शुल्क लाग्दैन । यसरी बिरामी तथा आफन्त र कुरुवाका लागि खाना तथा खाजा ख्वाउनका लागि रातीका समयमा खाद्य सामग्री ल्याइने गरिएको अर्यालले जानकारी दिए । यो अवधिमा क्यान्टीनमा आउनेहरुले सामाजिक दूरी कायम गरेरै बस्नु पर्ने छ । क्यान्टीनमा खाना अर्डर गर्न र पैसा तिर्न समेत दूरी निर्धारण गरिएको छ ।

यसैगरी खाना खानु अघि साबुन पानीले हात धुने र सेनिटाइजर लगाउँन समेत अनिवार्य गरिएको र सोही अनुसार व्यवस्था गरिएको संचालक बताउँछन ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता