त्रिवि राजनीतिशास्त्र विभागका प्रमुख कँडेलविरुद्ध उजुरीको चाङ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजनीतिशास्त्र विभागका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिवि उपकुलपति कार्यालयसम्म उजुरी परेका छन् । राजनीतिशास्त्रका विभाग प्रमुख ईश्वरीप्रसाद कँडेलविरुद्ध झन्डै एक दर्जन उजुरी परेको छ । यतिखेर कँडेल उजुरीको जवाफ लेख्दैमा हैरानी भएका छन् ।

विभागमा बसेर अनियमितता गरेको र विषयगत शिक्षकले दिएको नम्बर घटबढ गरेर कीर्ते काम गरेको लगायत एक दर्जन विषयमा प्रमुख कँडेलविरुद्ध उजुरी परेको हो । परीक्षाको उत्तरपुस्तिका घरमा लिएर गएर आफूअनुकूलको विद्यार्थीलाई सहज वातावरण बनाउने काममा सक्रिय रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र उपकुलपति कार्यालयमा उजुरी परेको छ । आयोगका अनुसार दुई उजुरीको विषयमा छानबिनका लागि त्रिवि राजनीतिशास्त्र विभागको प्रमुखलाई पत्र पठाइसकेको जनाएको छ । उजुरी परेपछि अख्तियार र उपकुलपति कार्यालयबाट आउने पत्रको जवाफ दिनुपर्दा कँडेलले दिक्दारी व्यक्त गरेका छन् ।

भदौ १५ गते उपकुलपति कार्यालयमा कँडेलविरुद्ध दर्ता भएको उजुरीमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डिन कार्यालयले सञ्चालन गर्ने सम्पूर्ण विद्यार्थीको उत्तरपुस्तिकाहरू कोडिङ, डिकोडिङ बिना सेमेस्टर प्रणाली सञ्चालन विनियम २०७४ को परिच्छेद ४ को ९(ङ) को प्रावधानअनुसार सबै उत्तरपुस्तिका परीक्षण सम्बन्धित डिन कार्यालयको परीक्षा शाखामा गरिने छ भन्ने स्पष्ट प्रावधान भएकोमा सो विपरीत कार्य गरेको आरोप लगाइएको छ । उपकुलपति कार्यालयमा परेको उजुरीको विषयमा विभाग प्रमुख कँडेलले पत्रको जवाफ पठाइसकेको स्रोतले बतायो ।

परीक्षाको उत्तरपुस्तिका जाँच गर्ने स्पष्ट प्रावधान हुदाँहँदै राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख ईश्वरीप्रसाद कँडेल स्वयं र उनका नजिकका शिक्षक मनोहरप्रसाद पराजुली, भेषराज घिमिरे र अर्जुनध्वज अर्याललाई कापी लिएर घर पठाउने र विभागकका विद्यार्थीलाई बोलाएर विभागको प्रशासन प्रमुख हरिराम रिजाल र उनका छोरामार्फत् आर्थिक लेनदेन भएको भन्दै त्रिवि उपकुलपति कार्यालयमा उजुरी परेको छ । विभागको प्राध्यापकले समपरीक्षणसमेत आफंै गरी नतिजा फेरबदल गर्ने गरेको र पूर्वतयारी खर्चसमेत विद्यार्थीहरूबाट भुक्तान लिएको उजुरीमा उल्लेख छ । सो उजुरीको विषयमा त्रिवि अनुगमन निर्देशनालयले केही दिनभित्रै प्रतिवेदन तयार गर्ने काम भइरहेको जनायो ।

साथै त्रिवि राजनीतिशास्त्र विभागका प्रमुख कँडेल र प्रमुख हरेराम रिजालले स्नातकोत्तर प्रथम सेमेष्टरका पठनपाठनमा उपस्थित नभएका हाजिरीसमेत नभएका विद्यार्थीलाई बढी नम्बर दिएर पास गरेको विषयको प्रमाण मेटाउन खोजेको भन्दै उजुरी परेको छ ।

पोलिटिकल फिलोसोपीको विषयगत शिक्षक उपप्राध्यापक प्रेमप्रसाद लिम्बु र मोर्डन पोलिटिकल थेउरीको विषयगत शिक्षक डा.अस्वस्थामा भक्त खरेललगायतले विषयगत शिक्षकले विनियमअनुसार अनुत्तीर्ण गराएको र आन्तरिक मूल्यांकन नम्बर कम दिएर पठाएकोमा विभागीय र प्रशासन प्रमुखले आफ्नो पदको दुरुपयोग गरेर उत्तीर्ण गराएको र कम नम्बर प्राप्त गर्ने विद्यार्थीहरूसँग रकम लिएर विषयगत शिक्षकले दिएको नम्बर भन्दा बढी दिएको भन्दै उजुरी परेको थियो ।

यसअघि विभागीय प्रमुख कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । उजुरीमा विभागीय प्रमुख कँडेलले सिमेस्टर प्रणाली सञ्चालन विनियम–२०७४ को परिच्छेद ३ को ४ (च)मा भएको व्यवस्थाविपरीत काम गरी हाजिरी नभएका विद्यार्थीलाई अन्तिम परीक्षा दिनबाट रोक्न माग गरिएको थियो ।

त्रिवि उपकुलपति कार्यालयमा परेको उजुरीमा दोहोरो पारिश्रमिक,लाभर स्वार्थ पुर्ती गर्ने गरि विभागिय प्रमुख ईश्वरीप्रसाद कँडेल त्रिभुवन विश्वविद्यालय परीक्षा बोर्डको सदस्य एवं राजनीतिशास्त्र विभागको प्रमुखको जिम्मेवारीसमेत रहेकोले दोहोरो आर्थिक लाभ लिएको निवेदनमा उल्लेख छ । कँडेलले प्राध्यापकलाई असक्षम देखाउन परीक्षा परिणाम फेरबदल गर्ने गरी उनको घर सतुंगलमा गएर खानतलासी गरी सबै पुस्तिकाहरू नियन्त्रणमा लिएर कारबाही गरि पाऊँ भन्दै त्रिवि उपकुलपति कार्यालयमा उजुरी परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 669 times, 1 visits today)

epaper

ताजा समाचार

शेयर कारोबार पुनः सञ्चालन