धनगढी । सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागितालाई महत्वका साथ अघि बढाउन धनगढी उपमहानगरपालिकाले नागरिक सहभागिता सम्बन्धि नीति २०८० र नागरिक बजेट २०८०/८१ को लोकार्पण गरेको छ । उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले लोकार्पण गरेका हुन ।
आमनागरिहरु पनि उपमहानगरपालिकाको नीति तथा कार्यक्रमको साथै बजेट ’bout सचेत हुन आवश्यक रहेकाले यस आर्थिक वर्ष २०८०/८१ देखि नागरिक सहभागितामा बजेटको निर्माण कार्यको थालनी धनगढी उपमहानगरले गरेको हो ।
सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागिता र नागरिक बजेटको निर्माणमा यूरोपियन युनियन, युनिसेफ लगायत मित्र समाजलाले सहयोग पुर्याएको छ । त्यसको कार्यान्वयनका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा धनगढी उपमहानगरपालिकाले गरेको छ ।
लोकार्पण कार्यक्रममा पेफा सचिवालय सदस्य सचिव गोकुल बास्तोलाले सार्वजनिक बित्त ब्यबस्थापनको औचित्य’bout जानकारी गराएका थिए । उनले निति निर्माण र बजेट निर्माणमा नागरिकको किन आवश्यकता छ भन्ने ’boutमा बताएका थिए ।
नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको काम, कर्तव्य र अधिकारका आधारमा धनगढी उप–महानगरपालिकाको दशौँ नगर सभाले आव २०८०/०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।
स्थानीय सरकारको अधिकार र मर्मलाई बुझेर उपमहानगरले आमनागरिक, अपाङ्गता भएका अल्पसंख्यक व्यक्तिहरु तथा महिला र बालबालिका सहित, वडा समिति, बजेट निगरानी समूह,विभिन्न विषयगत समिति कार्यपालिका, विषयविज्ञ, आमसंचार जगत, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, भुतपूर्व राष्ट्रसेवक कर्मचारी, शिक्षक, व्यापारी वर्गसंग आवश्यक परामर्श र सुझाव लिएर नीति तथा कार्यक्रमसंगै आव २०८०/०८१ को वार्षिक बजेट तर्जुमा गरेको हो ।






