तीज गयो । आमा, दिदीबहिनीले उत्ताउलो ढंगले नाचे । बजार उत्ताउलो भएको त धेरै भइसक्यो । धनको आकर्षणले कसैलाई नछोड्दो रहेछ, महादेवका पनि तीन नेत्र रे । धनको मोहले गर्दा नै सत्तासीन मात्रै होइन धेरै कालो कोठरीतिर पनि छन् अहिले, धनकै लोभले मान्छेले मान्छ मार्न पनि अग्रसर भएकै देखियो । पूर्वीय धर्म दर्शन निकै फराकिलो र लचकदार छ, तर उर्लिँदो भेलले बढार्ला जस्तो भइसकेको छ । पहिले बजेट असारमा मात्रै आउँथ्यो र त्यति बेलादेखि बजार उर्लन्थ्यो, अहिले गणतन्त्रमा बजेट जेठैमा आउँछ, त्यति बेला नै उर्लेको बजार शान्त हुन जान्दैन, यसपालि त दसैं तिहार पनि शरद नाघिसकेपछि परेकाले बजारको उर्लिँदो महँगीको बाढी वर्षैभरि रोकिने देखिएन ।
राष्ट्र बैंकले मूल्य नियन्त्रण हुन्छ भनिरहँदा सरकारी संकेत ठिक उल्टो हुने गरेको छ । चिनी खानलाई सहज भएन, सरकारले २० हजार मे टन चिनीमा भन्सार शुल्क आधा मिनाहा गर्ने खबर भरखरै आएको छ, तर बजारको भाउ घट्ला जस्तो छैन । सबै सामानमा ढुवानी खर्च बढेको भनिन्छ,, व्यापारी भान्छामा भ्याट लाग्यो भन्छन् । साँच्चै संघीयता र गणतन्त्र निकै महँगो भए जस्तै बजार महँगो भएको छ र गएको आर्थिक वर्षको भन्दा ४० प्रतिशत राजस्व थप उठाउने भन्दै छ सरकार, यसै वर्षको बजेट भाषणमै भनेको र अझ कताबाट थप्न सकिन्छ भन्दै विद्याधर मल्लिकको संयोजकत्वमा राजस्व समिति बनाइसकेको छ ।
पेट्रोलियम पदार्थ, खानेपानी, विजुली, ग्यास, दूरसञ्चार, नेट, फोनलगायत कुनै पनि सरकारी सेवा सस्तो छैन । आकाशमा बादल लाग्नासाथ तीन दशकमा बन्न लोगेको र ६२ अर्ब खर्चिएको मेलम्ची बन्द हुन्छ र बर्सेनि ५५ अर्ब खर्चिएको कृषि उत्पादन त देशमा नामो निसान बाँकी रहन्न छिमेकीले चामल, पिठो, आटा, सुजी, मैदा सबै सामानमा कर मात्रै बढाएको छैन प्रमुख हाम्रो खाद्यान्न नै निकासी बन्द गर्ने भनेको छ । गणतन्त्रमा राजनीतिबाहेक कसैले केही सिन्को नभाँच्ने कारणले झन्डै २५ खर्बको व्यापारघाटा छ देशमा र ऋणमा परेको छ, सबैजसो मुखमा हाल्ने वस्तुहरू अन्यत्रबाट झिकाउनुपर्छ । यहाँ चल्ने उद्योग भनेको लगानीबिनाको राजनीति मात्रै हो ।
यही रोजगारी मिल्ने हो सक्नेलाई, नसकनेलाई खाडी छँदै छ, सके विदेश बसोबास नसके बाकसमै फिर्ता यही हो नेपालीको नियत । आपूर्ति प्रणाली असहज छ देशमा, यो प्रणाली सहज हुन त आप्mनै उत्पादन हुनुपथ्र्यो, उत्पादन छैन सबै महारानीको भर्ने पँधेराको पानी नेपाली उखान छ । धन जोड्नैका लागि एनकेन वैदिक सनातनीले परम्परादेखि मान्दै आएको महालक्ष्मीको विशेष उपासना पर्व सुरु भएको छ । भाद्र शुक्ल सप्तमीदेखि लगातार १५ दिनसम्म मनाइने यो पर्व यो वर्ष यही असोज ५ देखि सुरु भई १९ गते समापन हुँदै छ ।
बजार मात्रै उर्लिएन, देशमा दुष्कर्महरू पनि तीव्ररूपमा देखापरेका छन्, समाज कहाँ जाँदै छ, अचम्मसँग दौडिरहेको छ, राजनीतिक व्यक्तिहरू त्यसमा चासो राख्दैनन्, समाजशास्त्रीलाई बढी चिन्ता छ । महालक्ष्मीको उपासना गर्नेहरू महामारी, उल्कापात, दुर्घटनाबाट बच्ने र घर, परिबार, समाज धन धान्यले पूर्ण हुने शास्त्रीय मान्यता छ । शास्त्र शस्त्र भएर आउँदैन, शास्त्र बिक्री गर्ने र मृत्युपछि आर्यघाटमा तमासा देखाउनेको बाहुल्यता पनि बढेको छ समाजमा । कुवेरको धन प्राप्त गर्न चाहनेले धनको सदुपयोग गर्नुपर्छ, मांसभक्षण र मदिरा, दुव्र्यसनी पनि विशेष अनुष्ठान गरेकै बेलामा भएको देखियो ।
लक्ष्मीका धेरै पाउमध्ये धराको प्राकृतिक स्रोत साधनमा लक्ष्मीको एक पाउ छ
परिश्रमी हातहरू, सिप र कामको दक्षताभन्दा पनि एनीहाउ, धन कमाऊ मात्रै देखियो र त सुनले मलद्वार पनि भन्न पाएन । यस्तो रप्mतारले आर्थिक समृद्धि हुन्न । विदेशीले के कसरी विकास गरे होलान्, हामीले बुभ्mनै खोजेनौं । साइकलमा प्रमहरू विदेशमा कार्यालय जाउआउ गरेको पनि देखियो । धनाड्य युधिष्ठिर हिलोमा गाडा डुब्दा तोरी बर्साउँथे, अनि थुकले तोरी टिप्थे रे, बचतै नभए कसरी लगानी र खर्च ? देशमा बचत कहाँ छ ? ऋण कुत्वा घृतं पिवेत् भयो कि देशमा ? अघि वनबास, गुप्तबासमा पनि पाण्डवले लक्ष्मीको साधना गरे, धनी भए, राज्य सुख भोग पाए ।
गुरु शंकराचार्य, विवेकानन्द सबैले लक्ष्मीको आराधना गरे, यद्यपि तिनलाई धनको आवश्यता नै थिएन, हामी साधना, श्रम नगर्ने तिक्डम अप्नाएर, देखासिकी गरेर धनी हुन खोज्यौं, जुन कुरा लक्ष्मीलाई पटक्कै मन पर्दैन, उल्टो यस्ताको मति नै बिग्रन्छ । हातको अगाडि भागमा लक्ष्मी, बिच भागमा सरस्वती, मूल भागमा ब्रह्मा रहेका हुन्छन् । ऊर्जा भनौं कालीको निवास पनि हातैमा हुन्छ । संसारको सृष्टि, पालना र संहारका काममा ब्रह्मा, विष्णु र रुद्रलाई क्षमतावान् बनाउने यी ३ देवीको उपासनाले मानवलाई पूर्णशक्ति मिल्छ । हामीले हरेक दिन हातको दर्शन गर्नुपर्छ, भन्नुको आशय सधैं काममा व्यस्त रहनुपर्छ ।
लक्ष्मीको व्रत गर्ने, नुन पनि एकपटक मात्रै खाने, तडकभडक नगर्ने, दिउँसो नसुत्ने, बेलुका पनि लक्ष्मीको सन्ध्या, उपासना, बन्दना, आरती गर्नुपर्छ । राम्ररी विनेका अक्षता, १६ सुते बत्ती १६ जोरको आरती गर्ने गरिन्छ । दाखको खीर, समय अनुसारका ऋतुफल, दूध, पन्चामृत, राम्रा पूmल मालाहरू लक्ष्मीलाई मन पर्छ । नैवेद्य, नरिवल, कपुर अगरुले लक्ष्मीको उपासना गर्दै विशेष शृंगार, गरगहनाले सजाइन्छ । १६ वर्षसम्म लगातार गरिने यो उपासनापछि समापन गर्दा दम्पतीको पूजासहित सक्नेले शøया दानसमेत गर्छन् । महालक्ष्मीको कथा सुन्ने, उनको स्तुति वन्दना लक्ष्मी लहरी, महालक्ष्मी स्तोत्र पाठ गर्नाले मानव जीवन धन्य हुने युगयुगसम्म निरोगी, धनी, मानी र सर्व सम्पन्न हुने शाश्त्रीय मत छ ।
लक्ष्मीको चर्चा गर्दा यिनको स्वरूप बुभ्mनुपर्ने हुन्छ । यिनका मुख्य २ रूप छन् । एउटा हो भौतिक रूप, अर्को हो आध्यात्मिक वा दैवीस्वरूप । भौतिकरूपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन मात्र बन्न पुग्छिन् । दैवी र आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन् । उपभोगले मात्र हेर्दा लक्ष्मीको बाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ । तर, उपयोगका रूपमा हेर्दा लक्ष्मी गरुडासनी बन्न पुग्छिन् । जहाँ लक्ष्मीको सेवा हुन्छ त्यहाँ नारायणको सेवा हुनु जरुरी छ । नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्तिमय र कान्तिमय बन्न पुग्छ । धन केवल भोग साधना गर्ने वस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन् र मान्छेको मति बिगारिदिन्छिन् ।
मति बिग्रेपछि गति पनि ठीक हुन्न, दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र क्रान्ति दुबै पाउँदैन । नारायणको अर्को नाम यश र कीर्ति पनि हो । त्यसैले यश र कीर्ति प्राप्तिका लागि नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्नदेऊ भनी नीतिकारले भनेका छन् । लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ । उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन् ।
केवल पूजाले मात्र भन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा सार्वजनिक निर्माणमा, उद्यान, शौचालय, बाटाघाटाहरू, मठमन्दिरहरू, असहाय, दीनदुःखीको सेवामा लागेको धन पवित्र हुन्छ । आम्दानीको १० प्रतिशतमा आप्mनो हक, भोग अधिकार नरहने र त्यो आयलाई सार्वजनिक, सामाजिक सेवामा अर्पण गर्नुपर्ने विषयमा पूर्वीय चिन्तनले यत्रतत्र व्याख्या गरेको छ । आनन्द प्राप्तिका लागि लक्ष्मीको आध्यात्मिक एवं दैवीस्वरूपलाई बुझ्नुपर्ने हुन्छ ।
साँच्चै संघीयता र गणतन्त्र निकै महँगो भए जस्तै बजार महँगो भएको छ
चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ । धनको सदुपयोग, पदार्थको सदुपयोग, तत्वज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुने हुँदा लक्ष्मीपूजा गर्ने साधकहरू सज्जन, शान्त, धीर, वीर हुन जरुरी छ । सन्त, साधुको सेवामा पनि लक्ष्मी रहने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् । भनिन्छ, लक्ष्मीका धेरै पाउमध्ये एक पाउ उत्पादनमा, उब्जनीमा रहेको छ । पृथ्वी जसलाई धरा भनिन्छ, धराको प्राकृतिक स्रोत साधनमा लक्ष्मीको एक पाउ छ । लक्ष्मीको अर्को पाउ प्रकृतिको रसादि तत्वमा छ जसले शुद्ध तत्वलाई सिँंचन गरी पोषण दिन्छ । जलमा रहेकी लक्ष्मीलाई बिज्ञानले बिद्युतीकरण समेत गरेर हराभरा बनाएको छ । उद्योग, कलकारखाना र मानव जीवनदेखि यन्त्रसाधनसमेत सजिलो बनेको छ ।
वृक्ष, वनस्पतिको हरियालीका लागि लटरम्म फलपूmलको सिर्जनामा सहायकसिद्ध भएकी लक्ष्मीको अर्को पाउ तापशक्ति अग्निमा रहेको छ । वेदका मन्त्रले अग्निको स्तुति वन्दना गरेको छ । बाहिर देखिएको ताप शक्ति, सौर्य ऊर्जादेखि मानव हृदयभित्रको जठराग्नि समेतमा रहेर आफ्नै शक्तिद्वारा प्रदत्त पदार्थको पाचन गराउने कार्य जीवात्माको हृदयभित्र बसेर उनै लक्ष्मीले आप्mनो कार्यसञ्चालन गरिरहेकी हुन्छिन् । लक्ष्मीको अर्को पाउ बसेको छ, सत्यमा, साधुका हृदयमा, सत्यवादीतामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्यवोली, आचरण र तप, मनको शुद्धता र सात्विक आहारबिहारमा लक्ष्मीको पाउ अडेको हुन्छ । यसर्थ, तपस्वी, साधु, सन्त केवल भेषको कारण होइन, आचरण पवित्रतामा हुनुपर्ने र तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति, बुद्धिका साथै विवेक, संयम, आत्मसंयमी व्यक्तिमा यस्ती लक्ष्मीको निवास रहेको हुन्छ । महाभारत भीष्मपर्व, शान्तिपर्व र पद्मपुराण आदिमा लक्ष्मीको प्रशस्त चर्चा भएको पाइन्छ । वेदले लक्ष्मीको सदैव वन्दना गरेको छ ।
यसै व्रत उपासनाको क्रममा पर्छ अर्को पर्व अनन्त चतुर्दशी । भगवान् अनन्तको कहिल्यै अन्त्य छैन । उनैका नामले प्रसिद्धि पाएको अनन्त चतुर्दशीमा विशेष अनन्तको पूजा, कथा श्रवण गर्ने पूर्वीय दर्शनको मान्यता रहेको छ । वैदिक सनातनीले यसै दिन वेदको मन्त्र लिने गुरुको अर्ती उपदेश सुन्ने, १६ वटा विशेष गाँठो बनाई विधिपूर्वक मन्त्र जपेर, विशेष पूजा गरिएको सो अनन्त धागोलाई आप्mनो दाहिने पाखुरामा बाँध्नाले जीवन सधैं सुरक्षित हुने शास्त्रीय मान्यता रहेको छ ।
सबैले यो व्रत उपासना गर्ने चलन छ र तागाधारीले ऋषितर्पणी जनैपूर्णिमामा जनै लाउन छुटेकाले विशेष रुद्री पाठ गरी यज्ञोपवित अर्थात् जनै विधिपूर्वक मन्त्रेर लाउने चलन छ । यसपालिको यो पर्व यही असोज ११ गते परेको छ । यसैदिन काठमाडौं पश्चिम उत्तर दहचोक डाँडामा रहेको इन्द्रदहमा विशेष स्नान गर्ने चलन छ, । यसै दिन काष्ठमण्डपमा जिउँदोदेवी कुमारीको विशेष रथ यात्रा गर्ने चलन छ । इन्द्र जात्राको नामले ख्याति पाएको इन्द्र ध्वजोत्सव राष्ट्रियरूपमा मनाउने प्रथा छ ।






