काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन बलात्कार मुद्दा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश अभावका कारण आइतबारका लागि सुनुवाइको तोकिए पनि मुद्दा पेसीमा चढेन । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको हो ।
सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् । उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुङ्गो छैन ।
तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)