संकल्प साकोसको साधरण सभामा ९२ बर्षीय जेष्ठ सदस्य प्रमुख अतिथि

रौतहट । रौतहट चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष भने ९२ बर्षिय जेष्ठ शेयर सदस्यलाई प्रमुख अतिथि बनाएको हो । चन्द्रपुर नगरपालिका–६ निवासी ९२ बर्षिय शिवमाया बस्नेतलाइ प्रमुख अतिथि बनाएर संस्थाको साधरणसभा सम्पन्न गरेको संस्थाका अध्यक्ष बिभुकुमार पोखरेलले जानकारी दिए ।

साधरणसभामा आसन र भाषण बढी भएको भन्दै शेयर सदस्यहरुबाट गुनासो आउन थालेपछि यस बर्ष आफनै संस्थाको जेष्ठ शेयर सदस्य बस्नेतलाइ प्रमुख अतिथि बनाएर संस्थाको १५ औ साधरण सभा सम्पन्न गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

यता संस्थाका अध्यक्ष पोखरेलले आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाको ४० करोड ४३ लाख ८९ हजार ७ सय ७ रुपैया निक्षेप रकम रहेको जानकारी दिनुभएको छ । यसैगरी आर्थिक बर्ष २०७९–८० सम्ममा संस्थाले ५० करोड ४५ लाख ८१ हजार ६ सय ४० रुपैया ऋण लगानी गरेको पनि संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिएका थिए ।

गत असार मसान्त सम्ममा ४ हजार ६४ जना शेयर सदस्य रहेको र ६ करोड २८ लाख ४ हजार ३ सय रुपैया शेयर पुजी रहेको समेत उहाले साधरण सभामा जानकारी गराउनु भएको थियो । संस्थाको हाल सम्म ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ रुपैयाको कुल सम्पती रहेको समेत उक्त साधरणसभामा जानकारी गराइएको थियो ।

साधरण सभामा संस्थाका सचिब कुलबहादुर थापाले गत आर्थिक बर्षमा संस्थाले सम्पादन गरेका बार्षिक कार्यक्रमको ’boutमा प्रकाश पारेका थिए । यसैगरी संस्थाका कोषाध्यक्ष बलराम प्रसाद गौतमले गत आर्थिक बर्षको आर्थिक बिबरण तथा चालु आर्थिक बर्षको लागि बार्षिक लक्ष्य तथा बजेट ’bout प्रस्तुत गरेका थिए ।

त्यस्तै संस्थाका लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक गणेश पौडेलले संस्थाको प्रशासनिक तथा संस्थागत सुशासनको अबस्था तथा संस्थागत नितिको बिकाश,कार्यन्वयन र समीक्षा’bout बोलेका थिए ।

उक्त साधरण सभामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,गुन्जन एफएमका स्टेशन प्रमुख संजय कार्की, पत्रकार पवन घिमिरे लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष बिभुकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको साधरण सभामा यस बर्षका उत्कृष्ठ ऋणी तथा बचतकर्तालाइ सम्मान समेत गरिएको थियो । सो कार्यक्रमको संचालन संस्थाका सचिब कुलबहादुर थापाले गरेका थिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराका पाँच पालिकामा मतगणना हुदै, चारमा काँग्रेस अगाडी