लोसपामा महन्थ ठाकुरको परिवारवाद हाबी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पार्टी बिभाजन भएको दुई बर्ष पछि केन्द्रीय कमिटी विस्तार गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट गत भदौ २०७८ मा विभाजन भई लोसपाको गठन भएको थियो ।

लोसपा गठन भएपछि ३१ सदस्यीय कार्यकारिणी समितिलाई नै केन्द्रीय समितिको रुपमा राखेर पार्टी सञ्चालन गरिएको थियो । पार्टीको अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहेका थिए । वाँकी कार्यकारिणी समितिका सदस्य थिए ।

पार्टी विभाजनको दुई बर्ष पछि सोमबार केन्द्रीय समितिको विस्तार गरिएको छ । विस्तारित केन्द्रीय समितिमा अध्यक्ष ठाकुरको परिवारवाद हावी भएको देखिन्छ । ठाकुर अध्यक्ष रहेको लोसपामा वरिष्ठ उपाध्यक्षमा सम्धि उमाकान्त झा, उपाध्यक्षमा सम्धिनी इन्द्रा झा, सचिवमा भतिजा अजय झा र केन्द्रीय सदस्यमा छोरी डा. मिनाक्षी ठाकुर रहेका छन् । यस्तै डा. संजिव झा सचिवको जिम्मेवारी पाएका छन् । संजिव ठाकुरका जेठे ज्वाई एवं सम्धि उमाकान्तका जेठो छोरा हुन् ।

ठाकुर अध्यक्ष रहेको लोसपामा वरिष्ठ उपाध्यक्षमा सम्धि उमाकान्त झा, उपाध्यक्षमा सम्धिनी इन्द्रा झा, सचिवमा भतिजा अजय झा र केन्द्रीय सदस्यमा छोरी डा. मिनाक्षी ठाकुर रहेका छन् । यस्तै डा. संजिव झा सचिवको जिम्मेवारी पाएका छन् । संजिव ठाकुरका जेठे ज्वाई एवं सम्धि उमाकान्तका जेठो छोरा हुन् ।

यसैगरी वरिष्ठ नेता रहेका राजेन्द्र महतोका भतिजा उपेन्द्र महतो र ज्वाई अनिल महासेठ दुबै जना महासचिव भएका छन् । उपेन्द्र र अनिल राजनीतिक पृष्ठभुमिका व्यक्ति हुन् । उनीहरु यस अघि देखी नै सक्रिय राजनीतिमा रहेका थिए । तर ठाकुरको परिवार राजनीतिमा सक्रिय थिएन् ।

‘पार्टी विभाजन भएको दुई बर्ष पछि केन्द्रीय कमिटी बिस्तार भएको छ । जसपमा महन्थ ठाकुर र राजेन्द्र महतोमा परिवारवाद रहेको देखिन्छ । यसरी पार्टी चल्दैन् । ३ सय ११ सदस्यीय केन्द्रीय सदस्यमा दुईसय भन्दा बढी महन्थले आफ्नै जातीका मान्छेलाई राखेका छन् । यो पार्टी नभई एक जातीय समूह नै हो’ लोसपाका एक केन्द्रीय पदाधिकारीले भने ।

पुनर्गठन गरिएको लोसपाको केन्द्रीय सदस्य ३ सय ११ सदस्यीय रहेको छ । ठाकुर अध्यक्ष, महतो, भण्डारी र अनिल वरिष्ठ नेता भएका छन् । यसैगरी सर्वेन्द्रनाथ शुक्ल वरिष्ठ सहअध्यक्ष भएका छन् ।

लोसपाले वरिष्ठ उपाध्यक्ष ६ जना र १५ जनालाई उपध्यक्ष बनाएको छ । त्यस्तै १६ जनालाई लोसपाले पार्टीको महासचिव बनाएको छ । लोसपाले ८ जनालाई सह–महासचिव बनाएको छ भने, ११ जना सचिव, एक जना प्रवक्ता र एक जना सह–कोषाध्यक्षसहित लोसपाले ६३ सदस्यीय केन्द्रीय पदाधिकारी घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 812 times, 1 visits today)

epaper

ताजा समाचार

कोरला नाकाबाट भित्रिएका ‘ईभी’लाई गन्तव्यमा पुर्‍याउन सकस