अर्घाखाँची । अर्घाखाँचीमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्कमा ११ वर्षीया नाबालिकालाई करणी गर्ने मालारानी गाउँपालिका वडा नम्बर ९ स्थायी ठेगाना भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर २ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गंगा आधारभुत विद्यालय नजिकै रहेको झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले निज युवकलाई पक्राउ गरेको हो। युवकलाई पक्राउ गरी आज मंगलबार करणीसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।
जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी घटना’bout अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)






