नेपाल टुरमा इन्डियन कमेडियन आकाश मेहता

काठमाडौँ । उभिएर गर्ने (स्ट्याण्ड अप कमेडी शो)को नेपाल टुरको तयारी भईरहेको छ । इन्डियन कमेडियन आकाश मेहताको साथमा नेपाली कमेडियनहरु अपुर्व क्षितिज र आयुष श्रेष्ठले स्ट्याण्ड अप कमेडीको नेपाल टुर गर्ने भएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै कमेडी शो’bout जानकारी गराईएको हो । तक्षक इन्टरटेन्टमेन्टको आयोजनामा १० असोजबाट चितवन,पोखरा र काठमाडौँमा यो कमेडी शो हुने आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गरायो ।

कार्यक्रमसंगै इन्डियन कमेडियन आकाश मेहताको नेपाल टुर समेत रहने पनि कार्यक्रममा जनाईयो । नेपालको विभिन्न पर्यटकीय स्थानहरुको प्रचार प्रसार गर्नु का साथै हाँसोबाट समाजलाई सकरात्मक सन्देश दिनु मुख्य उदेश्य रहेको आयोजक कमिटिका सदस्य सुमन भट्टराईले कार्यक्रममा जानकारी गराए । काठमाडौंको कमेडी शो प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब