प्रदेश सरकार भ्रष्टाचारमै लिप्त : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेशको भ्रष्टाचारको कारण संघीयता बदनाम भएको बताएका छन् ।

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरुमध्ये महत्त्वपूर्ण रहेको संघीयताले जनतालाई विकासको महसुस गराउनु पर्नेमा प्रदेश सरकारमा व्याप्त भ्रष्टाचारले यसको बदनामी मात्र भएको नेता साहको जीकिर छ । उनले मधेश सरकारमा दिनदिनै भ्रष्टाचार बढ्दै गएको र यसले सिंगो संघीय प्रणाली नै लज्जित भएको बताए ।

रौतहटमा आजपाद्वारा आज आयोजित पार्टी प्रबेश एंव अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताए ।

२०७४ सालको निर्वाचन पछि गठन भएको प्रदेश सरकारले भ्रष्टाचारमा रेकर्ड बनाएर मधेशको धर्तीलाई बदनाम गरेको बताउदै नेता साहले २०७९ को चुनावबाट गठित सरकारको भ्रष्टाचारको गतिले विश्वमा नै मधेशको नाममा कलंक लगाउने काम गरेको बताए ।

तपाईं हामी सबैले लामो संघर्ष गरेर, बलिदानी दिएर देशमा सत्ता परिवर्तन गरेका हौं । देशमा संघीयता आयो भने जनताको घरदैलो सम्म विकास पुग्छ भन्ने लागेको थियो र हुनुपर्ने पनि त्यही थियो । तर संघीय प्रणाली अन्तर्गत बनेको प्रदेश सरकारले कीर्तिमानी रुपमा गरेको भ्रष्टाचारले संघीयतालाई कलंकित बनाउने काम गरेको छ´ अध्यक्ष साहले भने, मधेश प्रदेशमा विगत ६ वर्षदेखि शासन गरिरहेका पार्टी र त्यसले फैलाएको भ्रष्टाचारको गन्धले संघीय संरचना नै गन्हाएको छ ।´

`मधेश प्रदेशमा व्याप्त भ्रस्टाचार अन्त्य गर्नका लागि, आम जनताको शासन स्थापित गर्नका लागी, मधेशको गौरव पुनः माथि उठाउनका लागि आम जनता एकताबद्ध हुनैपर्छ । अनि मात्र देशमा स्थिरता, स्थायित्व र विकास कायम गर्न सकिन्छ´ साहले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मुकेश कुमार यादव, सुरेश यादव, नेकपा एसका नेता सोगारथ राय, नेकपा एमालेका नेता बतहु ठाकुरलगायत दर्जनौं नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम