स्वास्थ्यलाई शान्तिक्षेत्र घोषणा गर

पोखराको मणिपाल शिक्षण अस्पतालमा एक जना बिरामीको मृत्यु हुँदा सो विषयलाई लिएर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा पोखराका चिकित्सक सडकमै उत्रिएर आन्दोलित हुँदा स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेको छ । चिकित्सकले दुव्र्यवहार कतिसम्म सहने र विरामीका आफन्तले चिकित्सकको लापरबाही कतिसम्म हुन दिने भन्ने मनोद्वन्द्व अहिले उत्कर्षमा पुगेको छ । अस्पतालका आकस्मिक सेवा बन्द भएपछि सर्वसाधरण झनै आतंकित हुन पुगेका छन् । मानिसले गर्ने सुखदुःख र कमाइजमाइ स्वास्थ्यका लागि हो । स्वास्थ्य रहेसम्म सबै कुरा ठिकठाक रहन्छ पनि । स्वास्थ्य बिग्रिएमा संसार पनि पराइ बन्दै जान्छ । त्यसैले जोकोही मानिसले अस्पताल ‘स्वर्ग’ र चिकित्सक ‘भगवान’का रूपमा देख्ने र व्यवहार गर्ने गरिरहेका हुन्छन् । बिरामीका आफन्तलाई बिरामी जसोतसो ‘अस्पताल पु¥याउन पाए ज्यान बच्छ’ भन्ने विश्वास हुन्छ । उपचार गरिरहेका र अस्पतालका चिकित्सकको सेवा लिइरहेका गम्भीर प्रकृतिका बिरामी पनि बाँच्ने सपना देखिरहेका हुन्छन् । चिकित्सकले पनि बिरामीमा निराशा नछाओस् र रोग प्रतिरोधामक शक्तिको कमी नहोस् भन्ने मनोकामनाका साथ रोग सन्चो हुने ढाडस दिइरहेका हुन्छन् ।

चिकित्सकले उपचाररत बिरामीका लागि कति प्रतिशत मनोवैज्ञानिक र कति प्रतिशत चिकित्सकीय उपचार गरिरहेका हुन्छन्, त्यो कुरा बिरामी र उनका आफन्तलाई त्यति थाहा हुँदैन । बिरामीको अवस्था कति बेला के हुन्छ, यो पनि दिइरहेको सेवा, औषधी र त्यसले पारिरहेको सकारात्मक प्रभावमा निर्भर हुन्छ । बिरामीको मृत्यु चिकित्सकको लापरबाहीका कारण हुन जाने एकाध घटनालाई नकार्न पनि सकिँदैन । चिकित्सक पनि मानिस हुन्, भगवान होइनन् । उनीहरूले पनि गल्ती गर्न सक्छन् । बिरामीलाई दिइने सेवा र सुविधा सेवाग्राहीको आर्थिक हैसियतमा पनि भरपर्छ । किनकि मानव सेवाका लागि भनिने समानता प्रतिबद्धतामा मात्र हुन्छ । अहिले समानताको राज छैन । त्यसैले पनि सेवासुविधा आर्थिक हैसियतमा भर पर्छ । चिकित्सकीय सेवामा विविधता हुनुका कारण पनि यही हो । तर, चिकित्सक स्वयंले यस्तो विविध व्यवहार भने गरिरहेका हुँदैनन् । सेवाग्राहीको आर्थिक ल्याकतमा सेवा र सुविधा निर्भर रहेको हुन्छ । सेवामा मानवीय भावना त हुन्छ नै, तर सेवा वर्तमान समाजमा किनेर लिने कुरा हो । सेवामा रहेको विविधताका कारण बिरामीको स्वास्थ्यमा पर्न जाने असरमा हेर्दा चिकित्सक प्रत्यक्ष सहभागी देखिए पनि प्रविधिसहित औषधीको गुणस्तरीय सेवाको प्रभावमा भने चिकित्सकको दोष देखिँदैन ।

त्यसैले बिरामीको रोगको प्रकृति, सेवाग्राही स्वयंको आर्थिक हैसियत र पाएको सेवा आदिको समुच्चय नै बिरामीको उपचारको गुणस्तरीयता हो । यस’bout डाक्टर जानकार रहे पनि बिरामी र बिरामीका आफन्त भने जानकार हुँदैनन् । फलतः यसले भावनात्मक आवेग पैदा गरिदिन्छ । अनि कुटपिट र दुव्र्यवहारका घटना घट्न पुग्छन् । यसको न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरी त्यहाँ हुने सेवाप्रदायक र सेवाग्राहीबिच सामन्जस्यता कायम हुने वातावरण निर्माण गरिनुपर्छ । चिकित्सकको कर्तव्यसहित मानवीय मूल्यबोधको स्तरमा थप प्रवद्र्धन गरिनुपर्छ । सेवाग्राहीलाई आफ्नो आर्थिक हैसियत, बिरामीको अवस्था, सम्बन्धित अस्पतालले दिनसक्ने सेवा आदिक’bout अग्रिम बोध गराउनुपर्छ । कतिपय अस्पतालमा व्यावसायिक नाफाघाटा हेर्न थालिँदा र बिरामीको आवश्यकताअनुसार सेवासुविधा नपुग्दा पनि यस्ता घटना घट्न पुग्छन् । यस कुराको जानकारी र त्यसको विकल्पबार अस्पतालले पहिले नै सेवाग्राहीलाई सुस्पष्ट जानकारी दिनु जरुरी हुन्छ । यसका लागि स्वास्थ्य सेवाको विकास शान्ति क्षेत्र घोषणा गर्ने लक्ष्यतर्फ उन्मुख हुनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको रामनगरमा आफ्नै काकालाई पराजित गर्दै अध्यक्ष जिते २२ वर्षे युवाले