दोलखा । दोलखाको सिंगटीबाट प्रहरीले ४ किलो तस्करीको सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सुनसहित सिंगटीबाट पक्राउ परेका ३ जना दोलखाका हुन् । प्रहरी नायव उपरीक्षक दिपक खड्का कमाण्डमा रहेका टोलीले सुन तस्करीलाई पक्राउ गरेको हो ।
डिएसपी खड्का सफल

प्रहरीले सिंगटीको जामुनेस्थित एक होटलबाट केशर तामाङलाई चार किलो सुनसहित पक्राउ गरेको हो । त्यसपछि उनको बयानको आधारमा राज तामाङ र माधव मगरलाई पक्राउ गरेको हो । गएराति प्रहरीले चलाएको अपरेशनको क्रममा दोलखाको विगु गाउँपालिका वडा नम्बर १ स्यालुका केशर तामाङ, विगु–१ लामाबगरका राज तामाङ र लामबगरको गोंगरका माधव मगर रहेका छन् ।
उनीहरूले तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशंका गरिएको छ। लामावगर तर्फको एउटा नाका चीन सरकारले गत साता मात्र खुलाएको थियो । पैदलमार्गबाट सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
दोलखाका प्रहरी प्रमुख डिएसपी खड्का नागरिकको तहमा लोकप्रिय रहेका छन् । दोलखाको शान्ति सुरक्षाको लागी उत्कृष्ट भुमिका निर्वाह गदै आएका डिएसपी आफै अहोरात्र खटी तस्करीलाई समाउन सफल भएका हुन । चीनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा छापा मारेर तस्करलाई सुनसहित पक्राउ गरेका छन् ।
दोलखाका प्रहरी प्रमुख (डिएसपी) दीपक खड्काले पक्राउ परेका व्यक्ति र बरामद भएको सुनलाई सदरमुकाम चरिकोट ल्याएर पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी दिए ।
मान्छे फेल हुन चाहँदैन तर योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सधैँ फेल भइरहेको हुन्छ’ तर यो भनाइलाई चिर्दै योजना बनाएर गस्तीमा आफै निस्किएका डिएसपी खड्का सफल भएका छन् । योजना बनाएर काम गर्ने हो भने थोरै समयमा धेरै गर्न नसके पनि उल्लेखनीय केही काम गर्न सकिन्छ उदाहरण बनेका छन खड्का । केही विकृति हटाउने र केही संस्कृति निर्माण गर्न सकिन्छ, जुन आजको आवश्यकता पनि हो ।






