६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थरकोटबाट प्रहरीले ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित कपिलवस्तु प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको बोलेरो जिपमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । विशेष सूचनाका आधारमा पथ्थरकोट प्रहरी चौकीबाट चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त