वडा अध्यक्षको निधन, शोकमा बिदा

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद राय अमातको. निधन भएको छ ।

६५ वर्षिय राय केही समय यता पक्षघातबाट पीडित भई थलो परेका थिए । शनिबार राती उनको निवास स्थलमै निधन भएको परिवारजनले जनाएका छन् । राय गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

उनको निधनले अपूर्णिय क्षति भएको भन्दै काँग्रेस सप्तरीले शोक वक्तब्य जारि गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

सचिव सनत मण्डलद्वारा जारी प्रेस विज्ञप्तिमा रायको निधनले पार्टी र डाक्नेश्वरी नगरपालिकावासी दुबैलाई अपूर्णिय क्षति पुगेको उल्लेख छ । यसैबीच वडाअध्यक्ष रायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै डाक्नेश्वरी नगरपालिकाले आइतबार नगर क्षेत्रमा शोक बिदा दिने गरेको नगरप्रमुख रामलखन मलाहले जानकारी दिए । शोक मनाउन मातहातका सबै कार्यालयमा एक दिन बिदा दिने निर्णय भएको हो, उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

केन्द्रीय क्याम्पसबाट हाम फाले एक विद्यार्थी, उपचारका क्रममा मृत्यु