अनमोलविरुद्ध प्रदीप खड्काको व्यंग्य स्टाटस

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला अदालती लपडामा परेका बेला अभिनेता प्रदीप खड्काले फिल्मको लगानी सुरक्षित गर्न आपूm जहिले पनि जिम्मेवार रहने बताएका छन् । हालसम्म सम्झौता गरेको सबै फिल्म खेलेका अभिनेता प्रदीप र चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीबिच पानी बाराबारको अवस्था रहेको छ ।

अभिनेता अनमोल प्रहरी हिरासतमा रहेको बेला अभिनेता प्रदीपले निर्मातालाई जोगाउन कलाकार गम्भीर हुनुपर्ने जिकिर गर्दै फेसबुकमा यस्तो लेखेका छन्, ‘म एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने, निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुन पर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुँदा प्रोजेक्ट इन्कार गर्ने छुट । तर सबै सिस्टममामा बसेर । मनोमानी ढंगले होइन ।’

अभिनेता अनमोल केसीले खेल्नका लागि सम्झौता गरेर पैसा लिएको आधा दर्जनभन्दा बढी फिल्म छाडेर दिएको धोकालाई प्रदीपले व्यंग्य गरेका छन् । आफूलाई पनि फिल्म खेल्न दबाब आउने गरेको तर आपूmले त्यस्ता दबाबमा फिल्म नखेल्ने गरेको पनि यी अभिनेताले बताएका छन् । उनले लेखेका छन्, ‘फिल्म गर्न सक्दिनँभन्दा, पख तलाईं देखाइदिन्छु भन्ने मेकर पनि नभेटेको होइन । गर्छु भनेर अगाडि बढ्दा कहाँ फसें भन्ने नभएको पनि हैन तर सिस्टमभन्दा बाहिर गैइएन र कोही जानुहुन्न ।’

प्रदीपले कलाकार एउटा निमित्त मात्र भएको र निर्देशक र निर्माताभन्दा माथि नभएको पनि बताएका छन्, ‘म कलाकार भएर यो स्वीकार्दै गर्दा निर्माता, निर्देशक अनि सरोकारवाला सम्पूर्णलाई म गलत भए सच्याइदिनु हुन अनुरोध साथै सही भए ऐक्यबद्धता जनाइदिनुहुन अपिल गर्छु ।’

उनले गल्ती जति छिटो स्वीका¥यो त्यति हितकर हुने कुरालाई मनन् गर्न पनि आग्रह गर्दै लेखेका छन्, ‘प्रणालीको सुधार गर्नुपर्छ भन्ने गलत त म पो रहेछु, प्रणाली ठिकै रहेछ भन्ने आत्मालोचना गर्दै, सिस्टममामा कमेन्ट पढेर आयो, नपढी आयो, जे आयो व्यक्तिगत धारणा आयो, त्यो सामान्य प्रक्रिया हो ।’

प्रदीपले आफ्ना लागि मात्र बोल्छ भन्ने आरोप लाग्ने गरेको बताउँदै यी अभिनेताले उद्योगका लागि, आज कुरै मिल्दैन भनिएको निर्देशक र सम्पूर्ण निर्माताका लागि पनि बोल्ने गरेको बताएका छन् ।

आफूले आइतबार अभिनेता अनमोल केसीविरुद्ध नारीलाई विवाह गरेर मन परेन भनेर छाडेको उदाहरण दिँदै प्रदीपले स्टाटस लेखेका थिए । आइतबार बेलुका अनमोल प्रहरी हिरासतबाट जमानतमा छुटेपछि प्रदीपले आफ्नो त्यो स्टाटस मेटेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग