प्रभु बैकद्वारा रक्तदान कार्यक्रमको आयोजना

बारा । प्रभु बैकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । आइतवार भरत चौकमा प्रभु बैक कलैया शाखाको सहकार्य र कलैया सिटीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

प्रभु बैकका प्रादेशिक प्रमुख भुसन गुप्ताले मानिसको जीवनमा रगत नै यस्तो पदार्थ हो जुन सजिलै तरिकाले चाहेको बेलामा नपाउने गरेको तितो अनुभव साझा गरेका थिए । पहिला कोही कसैलाई रगतको अभाव भयो भने हेटौडा, काठमाडौंसम्म धाउने गरेको गुप्ताले बताए ।

युग परिवर्तनसँगै कलैयामा पनि रक्तसञ्चार केन्द्र स्थापना भए देखि कलैयामा हुने रक्तदान स्टोर गरेर राख्नुले अब जनतालाई चाहिने आकस्मिक रगत सजिलै उपलब्ध हुदा मन हर्षित भएको उनले बताए ।

यस्ता समाजिक कार्यमा प्रभु बैक सदैव जनताको साथमा रहने प्रादेशिक प्रमुख गुप्ताले बताए । साथै रगत दिई सहयोग गर्ने सम्पूर्ण रक्तदातामा अभार प्रकट गरेका थिए ।
बारा सिटी जेसिजका अध्यक्ष सुवास जैयसवालले जेसिज समाजिक कार्य गर्दै आएको बताए । प्रभु बैकको सहकार्यमा रक्तदान आयोजना गर्न सफल भएको उनले बताए ।

रक्तदान कार्यक्रममा सुभाष जैयसवाल, शम्भु गुप्ता, धनिलाल सरार्फ लगायत एक जना महिला गरि ५५ जनाले रक्तदान गरेको प्रभु बैक कलैया शाखा प्रमुख मुकेश गुप्ताले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने