कालीगण्डकीमा डुंगा दुर्घटना, १ बेपत्ता, ३ जनाको उद्दार

नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् ।

डुंगा चालक सहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुवेपछि १ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले बताए ।

बुधबार साँझ डुंगा नदीमा डुबेको हो । नदीमा डुबेर नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिका ३ बस्ने ११ बर्षीया ईशारा दरै वेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो । डुंगा चालक तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० बर्षीया महोरपा मगर फरार रहेका छन् ।

डुंगामा सवार अन्य ३ जना नवलपरासीको बुलिङटार गाउँपालिका ३ बस्ने १२ बर्षका पूर्णिमा दरै, १३ बर्षीय नम्रता दरै र ११ बर्षीय सिमा दरैका भने प्रहरीले सकुसल उद्दार गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित