१३औं राष्ट्रिय जीन बैंक दिवस बिभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतको राष्ट्रिय जीनबैंकको आयोजनामा १३औं राष्ट्रिय जीनबैंक दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

१३औं जीनबैंक दिवस सम्पन्न

‘स्वदेशी कृषि आनुवंशिक स्रोतहरू (बाली, चारा, पशुपालन, कृषि कीरा, कृषि सूक्ष्मजीव र जलीय कृषि आनुवंशिक स्रोतहरू) लाई संरक्षण तथा उपभोग गर्दै गराउदै विश्वव्यापी रूपमा सक्षम र सदाको लागि उपलब्ध गरौं’ भन्ने मुल नाराको साथ १३ औँ राष्ट्रिय जिनबैंक दिवस मनाइएको हो । ‘आजको जीन संरक्षण भोलीको अनुसन्धानको आधार भन्ने थप नारा सहित सो दिवस मनाइएको छ ।

यस अवसरमा राष्ट्रिय कृषि अनुवंशिक श्रोत केन्द्रका प्रमुख डा. बालकृष्ण जोशीको संयोजकत्वमा केन्द्रमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ । केन्द्रको परिसर वरिपरि सरसफाई, विभिन्न सदाबाहर तथा मित्र किरालाई आक्रशण गर्ने विरुवाको वृक्षारोपण गरिएको छ ।

जीनबैंक परिवारको बैठक केन्द्रका प्रमुख जोशीकोको अध्ययक्षमा डा. मुकुन्द भटराईले संचालन गरेका थिए । जीनबैंक दिनको शुभकामना तथा यस केन्द्र स्थापनाको उदेश्य ’boutमा छलफल भयो । केन्द्र बाट अघिल्लो वर्षसम्म सम्पन्न भएका कार्यहरुको समिक्षा तथा आगामी वर्षको लागि मार्ग निर्देशन दिए ।

उत्कृष्ट लगनशिल कृषि मजदुर सन्तलाल महजर्नलाई सो अवसरमा पुरस्कृत गरिएको छ । आगामी वर्ष उतकृष्ट लगनशिल कृषि मजदुर र केन्द्रमा कायरत कर्मचारी दुबैलाई पुरस्कृत गरिने निर्णय केन्द्रले गरेको छ ।

साथै, यस दिनको अवसरमा धेरै सरोकारवालाहरूले बिभिन्न माध्यमबाट जीनबैंक दिनको शुभकामना दिदै आगामी दिनहरूमा कृषि आनुवंशिक स्रोतहरूको अझ राम्रो संरक्षण प्रयासको आशा समेत गरेका छन् ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा चलनचल्तीका र लोपोन्मुख बालीनाली र तिनका जातहरूको संरक्षण गरी भविष्यमा तिनका आवश्यक बिशेषताको प्रयोग गरी परिस्थितिअनुसार नयाँ जातहरूको विकास गर्न सकिने भएपनि नेपालमा बालीनालीका जातहरूको बीउबिजन संरक्षण गर्न कुनै उपाय नभएको अवस्थामा १३ बर्ष अघि सन् २०१० मा राष्ट्रिय जीन बैंकको स्थापना पश्चात् यो सम्भव भएको बताए ।

उनले जीनबैंकमा हालसम्म रैथाने र अन्य बालीनालीका गरी करिब ३ सय ५० वालीका १५ हजार भन्दा बढी जातहरू दिर्घकालीन तथा अल्पकालीन कक्षमा संरक्षण गरी राखिएको र संकलनको कार्य जारी रहेको उपाध्यायले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू भएको बस्ने हो भन्दै सभापति थापाको प्रश्न