पर्यटक भित्र्याउन गौरमा आधुनिक मोटरबोट संचालनमा

रौतहट । रौतहटको गौर नगरपालिकाको वाड नं. १ मा रहेको शिवालय पोखरीमा हिजाे सोमबारबाट मोटर जडित डुंगा सञ्चालनमा आएको छ । गौर नगरपालिकाका नगरपालिकाका नगर प्रमुख शम्भू साहले आधुनिक मोटरबोट बोटिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

चालकसहित १० सिट क्षमताको सो बोटले स्थानीय तथा बाह्य पयर्टकलाई आकर्षित गर्ने मेयर साहले बताए । गौर नगरवासी तथा जिल्लावासीलाई पनि आकर्षित गर्न गौर नगरपालिकाले पोखरी सौन्दर्यीकरण पश्चात बोटिङ्ग सेवा शुरु गरेको मेयर साहले बताए ।

‘गौर नगरपालिकामा भएका पर्यटकिय स्थलहरुको प्रवर्दनका लागी नगरपालिकाले काम गरिरहेको छ ।’ गौर नगरपालिकाका मेयर साहले भने, ‘व्यापार व्यवसायमा आर्थिक मन्दी देखिएको बेला सिमाक्षेत्रमा भारतीय पर्यटकहरुलाई भित्राउदा केही हदसम्म व्यापार बढन सक्छ ।’

नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाबाट पोखरीको सौन्दर्यीकरण भएको हो । मन्त्रालयको करीब तिन करोडको लागनीमा तयार भएको पोखरीमा आजबाट सर्वसाधारणले बोटिङ्ग गर्न पाउने छन्। पोखरीको किनारमै गौर नगरपालिकाले खुल्ला व्यामसालाको व्यवस्था समेत गरेको छ ।

पोखरी सौन्दर्यीकरण भएर व्यवस्थीत भए पछि बिहान बेलुका घुम्न आउनेको संख्या बढेको छ । कार्य सम्पादन मुल्याङकनमा पनि गौर नगरपालिका मधेश प्रदेश मै उत्कृष्ठ भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा