दाङमा लक्ष्मी बैंकले दिएको ५० हजारको गड्डीमा ५ सयको नोट नक्कली

तुलसीपुर । दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको लक्ष्मी सनराइज बैंकबाट निकालिएको ५० हजार रुपैयाँको गड्डीमा पाँच सयको नक्कली नोट फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे निवासी मेनकाले लक्ष्मी बैंकबाट निकालेर लिएको ५० हजार मध्य पाँच सयको एक थान नक्कली नोट फेला परेको बताएककी छन् ।

मेनकाका अनुसार यही असोज १२ गते दिउँसोको करिब सवा १२ बजेको समयमा लक्ष्मी बैंकमा मेनका गरङजाको नाममा रहेको १०७२३००१३५० नम्बरको खाताबाट ५० हजार रुपैयाँ निकालेको र तुलसीपुरमै रहेको एभरेष्ट बैंकमा गएर अर्को खातामा जम्मा गर्ने क्रममा पाँच सयको नक्कली नोट भेटिएको हो ।

दिउँसो सवा १२ बजेको समयमा लक्ष्मी बैंकबाट ५० हजार झिकेर तत्कालै एभरेष्ट बैंकमा गएर जम्मा गर्दा एभरेष्ट बैंकको क्यास काउन्टरमा डिटेक्टर मेसिनले चेक गर्दा पाँच सयको नक्कली नोट रहेको भन्दै उक्त नोट जफत गरेको उहाँले बताउनुभयो ।

त्यसपछि तुरुन्तै लक्ष्मी बैंकमा गएर यस’bout जानकारी गराएको भएपनि बैंकले कुनै वास्ता नगरेको उहाँको भनाई छ । ग्राहकले लगिसकेको पैसाको जिम्मा आफूले लिन नसक्ने भन्दै बैंकले आफ्नो कुरा सुन्नै नचाहेको उहाँले बताउनुभयो ।लक्ष्मी बैक दिएको लिएको ५० हजार मध्य एभरेष्ट बैंकले पाँच सय रुपैयाँ काटेर ४९ हजार पाँच सय रुपैयाँ मात्रै जम्मा गरिदिएको उहाँले बताउनुभयो ।

लक्ष्मी बैंकले नक्कली नोट आफूलाई थमाएर घात गरेको भन्दै अब उक्त बैंकमा खोलिएको खाता बन्द गर्ने तयारीमा रहेको उहाँको भनाई छ । यता लक्ष्मी बैंक तुलसीपुर शाखा म्यानेजर रञ्जन कोइरालाले ग्राहकले नक्कली नोट फेला पारेको दिन आफू कार्यालयमा नभएको भन्दै यस’bout खासै जानकारी नभएको बताउनुभयो ।

लक्ष्मी बैकको दिएको रुपैयाँमा नक्कली नोट भेटिएपछि ग्राहकहरू सशङ्कित भएका छन् । सुरक्षितका लागि बैङ्कमा राखेका आफ्ना पैसा निकाल्दा उल्टै नक्कली भेटिनु लक्ष्मी बैकको अक्षम्य गल्तीको पराकाष्ठा भएको ग्राहकहरूको भनाइ छ । नागरिकको धनमाल राख्ने बैंकको यस्ता कृयाकलापले बैक प्रति संशय पैदा गरिदिएको छ ।

यदि प्रमाण आवश्यक पर्ने हो भने लक्ष्मी बैंकमा पैसा झिक्दै गरेको र एभरेष्ट बैंकमा पनि पैसा जम्मा गर्दै गर्दा नक्कली नोट भेटिएको सिसि क्यामराको फुटेजलाई आधार बनाएर ग्राहकले लगेको पैसाको जिम्मेवार आफू नहुने भन्दै उल्टै ठूलो स्वर लगाउने बैकलाई कानुनी दायरामा नल्याए यस्तै समस्या अन्य ग्राहकहरूले भोग्नु पर्ने कतिपय ग्राहकहरूले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा करोडौँको लगानीमा बनेको ज्येष्ठ नागरिक मिलन केन्द्र ६ वर्षदेखि बन्द