Saturday, June 6, 2020
Home Editor-Picks कोरोना नियन्त्रण सहकारी केन्द्र सुरु

कोरोना नियन्त्रण सहकारी केन्द्र सुरु

सहकारी अभियानको कोरोना भाइरस संक्रमणविरुद्धको महत्वपूर्ण कार्य

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको संयोजनमा काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारमा राज्यलाई सहयोग पु-याउने उद्देश्यले सहकारी अभियानकोतर्फबाट छुट्टै कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको हो ।

यो केन्द्र संचालनका लागि नेपालको सहकारी अभियानले कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समिति बनाएर यसलाई ६३ औं राष्ट्रिय सहकारी दिवस अर्थात चैत २० गतेबाट संचालनमा ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यायले बिहिबार सो केन्द्रको उद्घाटन गरिन् ।

व्यवस्थापन समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मनमोहन मेमोरियल अस्पतालले प्राविधिक तथा प्रशासनिक सहयोग गर्ने गरी सो केन्द्रले काम शुरु गरेको बताइन् । सो केन्द्रमा कार्य गर्ने चिकित्सवक तथा स्वास्थकर्मी मन्त्री अर्यालले बिहिबार भेन्टिलेटर, पिपिई लगायतका अन्य आवश्यक सामग्री हस्तान्तरण गरिन् । पहिलो चरणमा २५ लाखको सामाग्री व्यवस्थापन गरिएको व्यवास्था समितिका संयोजक मल्लले बताइन् ।

मन्त्री अर्यालले सो अवसरमा सहकारी अभियानले आफ्नो स्रोत साधानलाई यतिबेला कोरोना भाइरसविरुद्धको अभियानमा प्रयोग गरिरहेको बताउँदै भनिन्,‘सहकारी अभियान संकटमा राज्यलाई सहयोग गर्न तयार छ भन्ने यसले सन्देश दिएको छ । संकटबाट बेला सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

‘सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन् । देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ ।’ उनले भनिन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी अभियानको तर्फबाट भएको कामले महत्वपूर्ण सन्देश दिएको बताउनुभयो । उहाँले विपद्मा जहिले पनि सहकारी साथीका रुपमा प्रस्तुत हुने बताए ।

प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले केन्द्र स्थापना गरेर सहकारीले ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउँदै महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए । महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कोभिड–१९को रोकथाम नभएसम्म यो केन्द्र संचालनमा रहेन र यसलाई अभियानबाट सहयोग जुटाएर नमुनाका रुपमा संचालन गर्ने बताइन् ।

कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समितिका सदस्यहरुमा केवी उप्रेती, खेमबहादुर पाठक, नारायण देवकोटा,सुरेन्द्र भण्डारी, परितोष पौडेल, माधव दुलाल, ज्ञानबहादुर तामाङ र केदार खड्का रहेका छन् । सो कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको समेत उपस्थिति थियो ।

मर्यादित श्रम र पयर्टनका लागि सहकारी भन्ने थिमका साथ ६३ औं राष्ट्रिय सहकारी दिवस अभियान र राज्य मिले भव्य रुपमा मनाउने तयारी भएको भए पनि कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण कार्यक्रम स्थगित गरी यसको रोकथामका लागि सहकारी अभियान जुटेको महासंघले जनाएको छ ।

नेपालमा २०१३ साल चैत २० गते बखान ऋण सहकारी संस्था स्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक बर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइदै आएको छ । सहकारीले दिगो विकाश लक्ष्य हासिल गर्नका लागि पछिल्लो समय यससँग सम्बन्धित थिमलाई राखेर दिवस मनाउँदै आएको छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

नवराज बिकको नाममा दुई शब्द……

गत जेठ १० गते रुकुम सोतीमा प्रेमको नाममा जातीय नरसंहार भयो । म यसलाई नरसंहारकै संज्ञा दिन्छु । झन्डै १७ औं शताब्दीको युद्धलाई झल्को...

धनगढीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

धनगढी, २४ जेठ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा मृत्यु...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)