कोशी कांग्रेसमा गडबड जारी, दलका नेताले दिए राजिनामा

बिराटनगर । कोशीमा नेपाली कांग्रेसका बिद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए पछि कांग्रेस भित्रको राजनीतिक परिवर्तन जारी छ । नेकपा एमालेको समर्थनमा शेखर कोइराला पक्षधरका कार्की मुख्यमन्त्रीमा नियुक्त भए लगत्तै कोशी कांग्रेसका संसदीय दलका नेताले राजिनामा दिएका छन् । 

नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका हुन । उनी यसअघि दुई दुई पटक मुख्यमन्त्रीमा नियुक्त भए पनि सर्वोच्च अदालतले उनलाई दुबैपटक बर्खास्त गरेको थियो ।  

सत्ता गठबन्धनको निर्णय विपरीत आफनै पार्टी कार्की मुख्यमन्त्री नियुक्त भए पछि नैतिकताको कारण देखाउँदै उनले आफनो पदबाट राजीनामा दिएको जनाईएको छ । प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको थापाको भनाई छ । 

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम