खोटाङः दशैं तिहार भित्रियो, सडकको अवस्था अझै नाजुक

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक ।

खोटाङ । दशैं तिहार नजिकिए पनि खोटाङका कतिपय मुख्य सडक मर्मत गरिएका छैनन् । दशैं तिहारका बेला आवत जावत गर्ने स्थानीयको सहजताका लागि सडक मर्मत सम्भार गर्नुपर्ने भए पनि कतिपय मुख्य सडक नै गाडी गुड्ने अवस्थामा छैनन् । चाडवाड भित्रिसक्दा कतिपय स्थानीय सरकारले आफ्नै क्षेत्रभित्र पर्ने सडक मर्मत गर्न चासो देखाएका छैनन् ।

मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवा भञ्ज्याङ–सेखुवा सडकको बाँझेच्यानडाँडा खण्डमा हिलोमा भासिएको बसलाई ट्याक्टर बोलाएर तान्नुपर्ने वाध्यता छ । हिलाम्मे सडकमा भासिएको बसलाई पार गराउन एकै पटक दुई वटा ट्याक्टरलाई पाँच हजार दिएर तानेर यात्रुलाई गन्तव्यमा पु¥याउने गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । मध्यपहाडी लोकमार्गकै छेपे खोलामा सवारी साधन भासिएर घण्टौं अड्किने समस्या छ । चाडवाड मनाउनका लागि घर भित्रिने र बाहिरिने यात्रुको चाप बढेका बेला दिक्तेलबजारबाट खार्मी–बालाबेँसी जाने सडकमा वर्षा लागे यता सवारी साधन आवत जावत गराउन सकिएको छैन । दिक्तेल–खोटाङबजार सडकमा दिक्तेलबाट रोक्सिङ भञ्ज्याङसम्म मात्र सवारी साधन पुग्ने गरेको महासचिव हिङमाङले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हुर्लुङ–निगाले–कालिका माबि खार्मी–तापखोला–राँटी पुल सडक मर्मत भइरहेको छ । दशैं तिहारमा आवत जावत गर्ने यात्रुको सहजताका लागि सो सडकको मुख्य–मुख्य ठाउँमा मर्मत भइरहेको खार्मीका वडाध्यक्ष इखबहादुर राईले बताए । खोटेहाङ गाउँपालिकाका अधिकांश मुख्य सडक मर्मत गरिएका छन् । गणेशचौतारा–मिलनचोक–खोटाङबजार सडक मात्र अवरुद्ध रहेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए । “मुल सडकमा समस्या छैन । दशैं तिहारमा यात्रा गर्न समस्या छैन,” फुयाँलले भने, “दुःखसुख ओहोर दोहोर गर्न समस्या छैन ।”

दशैं तिहारलाई लक्ष्यित गर्दै रावाबेँसी गाउँपालिकाका मुख्य–मुख्य बाटो चालु अवस्थामा ल्याइएका छन् । शाखा बाटोहरु आवश्यकताका आधारमा मर्मतको काम भइरहेको रावाबेँसी गाउँपालिका–६ हौंचुरका वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताए । गाउँपालिकाको जेसिभी र वडाको तेल खर्च गरेर वडाभित्रको सडक मर्मत गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए । चाडवाडका लागि हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश कच्ची सडक मर्मत सम्भार गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । यस्तै, ऐसेलुखर्क गाउँपालिकाका सडकमा आवत–जावत गर्न समस्या नभएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता