अझै सुधारको आवश्यकता : पूर्वराष्ट्रपति यादव

राजविराज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा परिवर्तन आएपनि जनताको पक्षमा काम गर्नका लागि केही सुधारको अझै आवश्यकता रहेको बताएका छन् ।

बुधबार राजविराजमा आयोजित बरिष्ठ राजनीतिज्ञ एवं गणतान्त्रिक आन्दोलनका अग्रणी नेता खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

तराई मधेशमा अहिले पनि दाइजो प्रथा कायमै रहेको, गर्नु पर्ने काममा खर्च नगर्ने तर, नगर्नु पर्ने काममा खर्च गर्ने प्रबृति बढ्दै गएको भन्दै उनले यस्ता कुराहरुमाथी पनि सुधारको आवश्यकता रहेको औल्याए ।

मुलुकका प्रथम राष्ट्रपति यादवले कुनै पनि राजनीतिक दल चुरे जोगाउन र पानीको श्रोत संरक्षण गर्नेतर्फ गम्भिर नभएको समेत बताए । उनले दलहरुको नामै लिएर काँग्रेस, एमाले, माओवादी तथा मधेसवादी सबै दलहरु चुरे जोगाउन उदासिन रहेको बताउँदै अब पनि चुरेको संरक्षण नगरिए पानी बिना माछा झै अवस्थामा पुग्ने जनाए । मधेस सुनको भूमि भएको बताउँदै उनले पटक पटक आफुले चुरे भावर र जंगल क्षेत्र जोगाउन आग्रह गरिरहँदा पनि सरकार र दलहरु गम्भिर हुन नसकेकोमा खिन्नता प्रकट गरे । कार्यक्रममा उनले २००७ सालदेखि ६२ को जनआन्दोलसम्मको सम्पूर्ण क्रान्तिमा वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलको सक्रिय योगदान रहेकोमा उनलाई आफुले नागरिक अभिनन्दन गर्न पाएकोमा खुशी ब्यक्त गरे । आम नेपालीमा सकारात्मक सोच आवश्यक भएको बताउँदै नेपाली राजनीतिको जिउँदो इतिहास मण्डल भएको चर्चा समेत गरे ।

पूर्वसभामुख दमननाथ ढुंगानाले खुशीलाल मण्डल लोकतन्त्रको पक्षमा अटल योद्धाको रुपमा रहेको भन्दै प्रजातन्त्र प्राप्तिको आन्दोलन र उनको निष्ठा अनुकरणिय रहेको बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका सांसद डा. सीके राउत, दिनेशकुमार यादव, नवलकिशोर साह, शेखरकुमार सिंह, मधेस प्रदेश सांसदहरु जितेन्द्र सोनल, ललिता विद्रोही तत्मा, जिल्ला विकास समितिका पूर्वसभापति बिरबल बिराजीलगायतले पनि अभिनन्दीत व्यक्तित्व मण्डलको योगदान ’bout प्रकाश पारेका थिए ।

सप्तरी–सिरहा नागरिक समाजद्वारा आयोजित कार्यक्रममा समाजका अध्यक्ष रामरिझन यादवले स्वागत गरेका थिए । उनकै सम्पादनमा मण्डलको व्यक्तित्व ’bout लेखिएको “कर्मविर योद्धा खुशीलाल मण्डल अभिनन्दन ग्रन्थ” पुस्तकको समेत बिमोचन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव