रौतहटमा एकैदिन ३ जनाको शव फेला

रौतहट । छुटाछुटै घटनामा रौतहटबाट आइतबार ३ जनाको शव फेला परेको छ । शनिबार राती जंगली हात्तीको आक्रमणबाट चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया धामीको शव फेला परेको थियो ।

शनिबार दिउँसो घाँसपात गर्न भनी चाँदी खोला पारी रहेको रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

मृतक धामी सँगै गएका अन्य दुईजना समेत हात्तीको आक्रमणबाट घाइते भएका छन् । घाइते हुनेहरुमा राजपैडा घर भएका ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी रहेका छन्। घाइते द्धयको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको सोही अस्पतालका डा. सुवास चौधरीले जानकारी दिएका छन । जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको सेना, प्रहरी, बन् कार्यालयका कर्मचारी लगायत स्थानीयको सहयोगमा शव खोजेर उद्दार गरिएको थियो ।

शवको पोस्टमार्टम गर्न जिल्लाको प्रादेशिक अस्पताल गौरमा लागिएको प्रहरीले जनाएको छ । केही महिना अगाडी पनि चन्द्रपुर ४ की एक महिलाको हात्ती कै आक्रमणबाट ज्यान गएको थियो ।

यता राजदेवी नगरपालिकास्थित बागमती नदीमा नुहाउने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजदेवी ९ का वीरेन्द्र दासको ११ वर्षीय छोरा गौतम दास रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा आइतबार दिउँसो नुहाउने क्रममा उनी डुबेका थिए। स्थानीयको सहयोगमा नदीबाट तत्कालै उद्धार गरी अचेत अवस्थामा रहेका दासलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा सामान्य उपचार पछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

त्यसैगरी आइतबार चन्द्रनिगाहपुरमा एक जना पुरुषको शव फेला परेको छ ।दोलखाको जिरी घर भई चन्द्रपुर नगरपालिका–४ मिलनचोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका हुन् ।उनी मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मस्त्रिको काम गर्दै आएका थिए । सोही घको भुईं तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फेदीखोलामा एमालेका सुवेदी दोहोरिए