चन्द्र गहणको सुरुवात रातकाे १ बजेर २० मिनेटमा सुरु हुने

काठमाडौं । आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ । 

नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ । उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ  भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ । 

यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 395 times, 1 visits today)

epaper

ताजा समाचार

पहिराका कारण अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा